logo

राष्ट्रिय गौरवका आयोजनाहरुद्वारा विनियोजित बजेटको एक तिहाई रकम मात्रै खर्च

    2000   पटक पढिएको

१९ चैत्र /अर्थ र व्यापार - राष्ट्रिय गौरवका आयोजनाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिँदा विनियोजित बजेटको एक तिहाई रकम मात्रै खर्च गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको गौरवका आयोजनाको खर्च विवरणअनुसार फागुन मसान्तसम्ममा ती आयोजनामा विनियोजित बजेटको ३४.५ प्रतिशत रकम खर्च भएको छ । कार्यालयका अनुसार यो अवधिमा विनियोजित ८७ अर्ब ४९ करोड रुपैयाँमध्ये ३० अर्ब २० करोड रुपैयाँ बराबरको खर्च  भएर भूक्तानी भएको छ । वर्षको पहिलो ६ महिनामा करिब २८ प्रतिशत रकम भूक्तानी भएको थियो । पछिल्लो दुई महिनामा ७ प्रतिशत विन्दूले खर्च बढेको छ । पुससम्ममा सरकारले २६ अर्ब रुपैयाँ खर्च गरेकोमा थप दुई महिनामा ८ अर्ब रुपैयाँ भूक्तानी दिइएको छ । 

कार्यालयले तयार गरेको विवरणअनुसार ठूला पूर्वाधार आयोजनामा अहिले खर्च बढेको छ । सडक तथा हवाई यातायातका पूर्वाधारमा सरकारी खर्च बढेको महालेखा नियन्त्रकको तथ्यांकमा उल्लेख गरिएको छ । कार्यालयका अनुसार सबैभन्दा राम्रो प्रगति भैरहवा विमानस्थल (दक्षिण एसियाली पर्यटन पूर्वाधार आयोजना)को छ । यो आयोजनाले सुरुवाती विनियोजन भन्दा धेरै बजेट खर्च गरेको छ । आयोजनालाई ६ अर्ब ८३ करोड रुपैयाँ बजेट दिइएको भए पनि ७ अर्ब रुपैयाँ भन्दा धेरै खर्च भएको छ । अर्थ मन्त्रालयले अपुग रकम केही अघि रकमान्तर गरेर दिएको थियो ।

सुरुङ निर्माण तीव्रताका साथ अघि बढिरहेको भेरी(बबई डाइभर्सन बहुउदेश्यीय आयोजनामा ३० प्रतिशत रकम खर्च भएको कार्यालयले उल्लेख गरेको छ । आयोजनामा ६ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा १ अर्ब ८३ करोड रुपैयाँ खर्च भइसकेको छ । कालीगण्डकी, कोशी र कर्णाली करिडोरअन्तर्गत उत्तर दक्षिण राजमार्गमा ६१ प्रतिशत रकम खर्च भएको छ । दुई अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा १ अर्ब ४२ करोड रुपैयाँ खर्च भइसकेको छ । यो तीवटा बाटोमध्ये कालीगण्डकी करिडोरको खर्च सबैभन्दा राम्रो छ । यो आयोजनालाई केही दिनअघि ३० करोड रुपैयाँ थप बजेट दिइएको छ ।

अर्को सडक आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्गमा ८५ प्रतिशत खर्च भएको छ । कूल ५ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ४ अर्ब ७२ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । ८ महिना सकिँदा बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि ६ अर्ब १७ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको छ । आयोजनाको अन्य पूर्वाधार निर्माणको काम अघि बढेको छैन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।