logo

राष्ट्र बैंकको चाहना विग मर्जर, तर प्रक्रिया जटिल

    1895   पटक पढिएको

१९ आषाढ/अर्थ र व्यापार– आगामी आर्थिक बर्षको मौद्रिक नीति लेखनमा ब्यस्त रहेको नेपाल राष्ट्र बैंकले २८ वटा बाणिज्य बैंकको संख्या धेरै भएकाले यसलाई घटाउनु पर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख नरवहादुर थापाले ‘विग मर्जर’ राष्ट्र बैंकको पनि चाहना भएको भन्दै बाणिज्य बैंकको संख्या घटाउनु पर्ने पक्षमा अधिकांस सहमत रहेको बताएका हुन् ।

दुई बर्ष अगाडि राष्ट्र बैंकले बाणिज्य बैंकको चुक्ता पूँजी २ अर्बबाट ८ अर्ब पुर्याउने योजना ल्याएका थियो । एकाधवाहेक सबैजसोले पुर्याएको अवस्था छ । विकास बैंक र फाइनान्समा पनि धेरैजसोले पुर्याइसकेका छन् । 

पूँजी बृद्धि योजनापछि विकास बैंक र फाइनान्स कम्पनीको संख्यामा धेरै नै कमी आएको भन्दै थापाले त्यसलाई सफलताका रुपमा राष्ट्र बैंकले लिएको जानकारी दिए।

‘बाणिज्य बैंक ३२ बाट २८ मा झरे । एकदमै थोरै संख्या घट्यो । अलिक धेरै झर्नु पर्थियो झरेनन् भन्ने कुरा लागेको छ,’ उनले भने, ’२८ वटा बैंक धेरै भए। संख्या अलिकति उपयुक्त स्तरमा झार्दा परिपक्वता आउँथ्यो । स्वस्थ प्रतिस्पर्धा हुन्थ्यो। वित्तीय क्षेत्रले स्थिरता पाउँथ्यो भन्ने लागेको छ ।’

उनले राष्ट्र बैंक संख्या घट्नु पर्छ भन्ने पक्षमा भए पनि संख्या कसरी घटाउने, के गर्ने भन्ने पक्ष जटिल रहेको बताए। ’चुक्ता पूँजी २ अर्बबाट ८ अर्बमा पुर्याइएको छ। संख्या घटाउन फोर्सफुल्ली मर्ज गर्ने कुरा पनि आएको छ। तर संख्या घटाउन त्यति सहज छैन,’ ’पूँजी भर्खर बढाएकाले एक पटक सास फेर्ने समय दिनु पर्छ भन्ने कुरा पनि छ। यी कुराहरु तर्कसंगत पनि छन्।’

उनले सबैको चाहना संख्या घटोस् भन्ने भएजस्तै राष्ट्र बैंक पनि त्यही पक्षमा रहेको बताउँदै भने, ’तर कसरी भन्ने कुरा अलिकति जटिल बिषय छ।’
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।