logo

तीन जना राजदूतको नाम संसदीय सुनुवाई विशेष समितिद्वारा सर्वसम्मतिले अनुमोदन

    1476   पटक पढिएको

८माघ /अर्थ र व्यापार - संसदीय सुनुवाई विशेष समितिले तीन जना राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले सरकारद्धारा क्यानडाका लागि प्रस्तावित राजदुत भृगु ढुंगाना, संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि तथा स्विजरल्याण्डका लागि प्रस्तावित राजदूत मणिप्रसाद भट्टराई र कुवेतका लागि प्रस्तावित राजदूत दुर्गाप्रसाद भण्डारीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

तीनै जना राजदूतको नाम संसदीय सुनुवाई प्रक्रिया पूरा गरी सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । गएको पुस ६ र ९ गते बसेको मन्त्रीपरिषद बैठकले ढुंगानालाई क्यानडा, भट्टराईलाई स्वीजरल्याण्ड र भण्डारीलाई कुवेतसहित ५ जनालाई राजदूतको रुपमा सिफारिस गरेको थियो ।

समितिको बैठकमा प्रस्तावित राजदूतहरुले आ–आफ्नो योग्यता, क्षमता र भावी कार्ययोजनाबारे जानकारी गराएका थिए । क्यानडाका लागि प्रस्तावित राजदूत भृगु ढुंगानाले जलवायु परिवर्तनको असर नेपालमा पर्न नदिन क्यानडा सरकारसँग आवश्यक बजेटको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले नेपालमा लगानी बढाउन पनि क्यानडा सरकारसँग पहल गर्ने योजना अघि सारेका थिए ।

संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि तथा स्विजरल्याण्डका लागि प्रस्तावित राजदूत मणिप्रसाद भट्टराईले संयुक्त राष्ट्र संघसँग आवद्ध संघ, संस्थाहरुसँग आवश्यक छलफल गरी नेपालको लागि आवश्यक सहयोग जुटाउन पहल गर्ने प्रतिवद्धता जनाए । उनले आप्रवासी नेपाली श्रमिकहरुको हितमा आफू लागिपर्ने योजना पनि समितिलाई जानकारी गराए । कुवेतका लागि प्रस्तावित राजदूत दुर्गाप्रसाद भण्डारीले राष्ट्रको हितलाई केन्द्रमा राखेर कुवेतसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपालमा कुवेतको लगानी भित्रयाउन पनि पहल गर्ने योजना अघि सारेका छन् । 

गएको माघ ३ गते बसेको समितिको बैठकले फ्रान्सका लागि प्रस्तावित राजदूत दिपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको नाम पनि सर्वसम्मतिले अनुमोदन गरेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।