logo

राजस्व छलीमा उन्मुत्ती दिने विवादित कर फर्छ्यौट आयोग अब गठन नहुँने

    1639   पटक पढिएको

१६ पुस/ अर्थ र व्यापार - करमा निकै विवादित मानिने कर फर्छ्यौट आयोग अब गठन नहुँने भएको छ । अहिलेसम्म कर फर्छ्यौट आयोग कर फर्छ्यौट आयोग ऐन, २०३३ मा टेकेर बन्ने गरेको थियो । अर्थमन्त्रीले यही ऐनमा टेकेर राजस्व छलीमा उन्मुत्ती दिनको लागि यो आयोग गठन गरेका थिए । पछिल्लो समय चाटर्ड एकाउन्टेन्स लुम्बध्वज(एलडी) महतको संयोजकत्वमा बनेको फर्छ्यौट आयोग निकै नै विवादित बनेको थियो । जसको सदस्य सचिवमा तत्कालिन आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा थिए भने अर्का सदस्य चाटर्ड एकाउन्टेन्स उमेश ढकाल थिए । आयोगले अर्बै रुपैयाँ मिनाह गरेको थियो ।

कानून, न्याय तथा संसदीय मामलामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभामा दर्ता गराएको केही नपोल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा फर्छ्यौट आयोग ऐन, २०३३ लाई खारेज गर्ने प्रस्ताव गरिएको छ । आयकर ऐन २०५८ आएपछि यसलाई खारेज गर्नुपर्ने भएपनि कानूनी रुपमा नहटेको कारण आयोग बनाउने गलत परम्परा बसेको थियो । हालका अर्थमन्त्री डा युवराज खतिवडाले यो ऐन हटाउने बताएका थिए । खतिवडाको पालामा नै यो ऐन हट्ने भएको हो ।

कर फर्छ्यौट ऐनमा टेकेर बन्ने आयोगले गरेको निर्णयमा अदालतमा प्रश्न उठाउन नपाइने प्रावधान राखिएको छ । अख्तियारले भने पछिल्लो समय गठन भएको आयोगका सबै पदाधिकारीलाई भष्ट्रचारको मुद्दा दायर गरेको छ । जुन अहिलेपनि विचाराधिन रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।