logo

राजदूत नियुक्तिमा निर्देशिका लागू, अब प्रधानमन्त्रीले राजदुतलाई सपथ खुवाउने 

    1888   पटक पढिएको


१साउन/अर्थ र व्यापार– राजदूत पद रिक्त भएपछि प्रक्रिया थाल्दा नियुक्तिमा ढिलाइ हुने भएपछि सरकारले पद रिक्त हुनु तीन महिना अगाडि नै नयाँ राजदूत नियुक्तिको प्रक्रिया थाल्ने भएको छ ।

सरकारले राजदूत नियुक्तिको प्रक्रिया रिक्त हुनुभन्दा तीन महिना अगाडि देखि थाल्ने गरी परराष्ट्र मन्त्रालयले निर्दे्शिका तयार गरेको हो । निर्दे्शिकालाई असार २४ गतेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रालयले राजदूत नियुक्तिका लागि प्रारम्भिक अध्ययन गरी सम्भावित उम्मेदवारहरुको टुंगो लगाउने बताए । 

‘एउटा राजदूत नियुक्त गर्दा संसदीय सुनुवाई हुँदै सम्बन्धित देशबाट एग्रीमो आउन समय लाग्ने हुँदा प्रक्रियालाई अगाडि देखि नै सुरु गर्ने गरी निर्दे्शिका तयार पारेका छौँ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘यसले राजदूतहरुको नियुक्तिमा देखिँदै आएको ढिलाई कम गर्नेछ।’

अब राजदूत नियुक्तिका लागि न्यूतम शैक्षिक योग्यता स्नातक हुनुपर्ने छ । त्यस्तै विदेशी नागरिकता नलिएको हुनुपर्ने छ । साथै कुटनीतिक अनुभवलाई समेत जोड दिइएको छ ।

राजदूतका लागि सिफारिस गर्दा कुन देशका लागि सिफारिस गर्ने हो, त्यस देशमा नेपालको तर्फबाट सम्पादन हुने कामको ज्ञान आवश्यक पर्ने छ । त्यस्तै एनजिओमा काम गर्नेलाई सिफारिस गरिने छैन । पहिला काम गरेको भए अवकाश लिएको १० वर्षभन्दा बढी भएको हुनुपर्ने छ ।

त्यस्तै निर्दे्शिकाले राजदूतको काम कर्तव्यको बारेमा समेत स्पष्ट व्यवस्था गरेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए। उनका अनुसार राजदूतहरुलाई आचारसंहिताले समेत बाँधिने छ।

यसैबीच राजदूतलाई प्रधानमन्त्रीले सपथ खुवाउने व्यवस्था निर्दे्शिकाले गरेको छ। परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार राष्ट्रपतिबाट राजदूत नियुक्त भएसँगै सम्बन्धित देशमा जानु अगाडि राजदूतले प्रधानमन्त्रीसँग सपथ लिनु पर्नेछ ।

यस्तै परराष्ट्रले राजदूतहरुको वर्गीकरण समेत हटाएको छ । परराष्ट्रले तयार गरेको निर्दे्शिकाले राजदूत हुने देशको आधारमा हुँदै आएको राजदूतहरुको वर्गीकरणलाई हटाएको हो ।

यसअघि भारत, चीन, अमेरिका, राष्ट्र संघीय नियोग न्यूयोर्कका राजदूतलाई माथिल्लो तहमा तथा अन्य देशका राजदूतहरु तल्लो तहमा राखिँदै आएको थियो ।

चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलले निर्वाचन लड्न राजिनामा दिएर फर्किएपछि रिक्त रहेको पदमा सरकारले पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।