logo

२४सै घण्टा काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडी सञ्चालनमा ल्याउने तयारी 

    1596   पटक पढिएको

२४ माघ /अर्थ र व्यापार  - रातको समयमा पनि काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडी सञ्चालन गर्ने तयारी भएको छ । यात्रुको सुविधालाई ध्यान दिँदै अब छिट्टै सञ्चालनमा ल्याइने तयारी भैरहेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार काठमाण्डौ उपत्यकामा रातको समयमा सार्वजनिक गाडी सञ्चालनका लागि यातायात व्यवसायी र काठमाण्डौ महानगरपालिकासँग समन्वय हुनेछ ।

रातको समयमा काम विशेषले गन्तव्यमा पुग्नुपर्नेहरुलाई सार्वजनिक गाडी नहुँदा समस्या भएकोले यो कामलाई अघि बढाउन ढिलाई भैसकेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए  । राति १० बजेसम्म सार्वजनिक गाडी सञ्चालनमा ल्याने भन्ने सहमति व्यवसायीहरुसँग भए पनि त्यो पनि कार्यन्वयनमा नआएको र नयाँ ढंगले अघि बढ्न लागिएको विभागले जनाएको छ । विभागका अनुसार व्यवसायीहरुले फाइदा मात्रै हेर्ने गरेकोले सार्वजनिक यातायात सहज हुन नसकेकोले अब चौबीसै घण्टा नै सञ्चालन गर्ने गरी तयारी सुरु भएको हो ।

काठमाण्डौ महानगरपालिकाले केही वर्षअघि ४५ लाख रुपैयाँ व्यवसायीलाई अनुदानको रुपमा दिएर १३ वटा सार्वजनिक बस रातको समयमा सञ्चालनमा ल्याएको थियो । परीक्षणका रुपमा झण्डै ६ महिना सार्वजनिक बस सञ्चालनमा आए पनि सुरक्षाको प्रत्याभूति नभएको भन्दै सेवा बन्द भयो । 
रातको समयमा सार्वजनिक गाडीमा यात्रा गर्ने यात्रु, गाडी चालक र सहचालकको सुरक्षाको ग्यारेण्टी नभएको भन्दै आफूहरुले रातको समयमा गाडी चलाउन छाडेको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए । सरकारले व्यवसायीले भनेअनुसार सुरक्षा दिन तयार रहेको बताइसकेको छ ।

वैज्ञानिक भाडादर कायम भए आफूहरु रातको समयमा पनि सार्वजनिक गाडी सञ्चालन गर्न तयार रहेको यातायात व्यवसायीहरुले बताएका छन् । सरकारले दिगो रुपमा सार्वजनिक गाडी रातको समयमा पनि सञ्चालन गर्ने वातावरण बनाइदिए आफूहरु जहिले भन्यो त्यहीबेला गाडी सञ्चालनमा ल्याउन तयार रहेको महासंघका महासचिव सिटौलाको भनाई छ । उनको भनाइअनुसार रातको समयमा गाडी सञ्चालन गर्न काठमाण्डौ उपत्यकाभित्र चौबीसै घण्टा व्यापार तथा व्यवसाय सञ्चालन हुनुपर्ने हुन्छ । त्यसो गर्यो भने चहलपहल बढ्ने र यात्रु नपाउने समस्या हट्ने तथा सेवा सञ्चालन गर्न सहज हुने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।