logo

टानको सह–कोषाध्यक्ष पदमा थापा समुहवाट प्रदिप पण्डितले उम्मेद्वारी दिने

    2563   पटक पढिएको

७ भाद्र / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा अल्पाईन कैलाश ट्रेक प्रा.लि.का प्रबन्ध निर्देशक प्रदिप पण्डितले अञ्जन थापा समुहवाट सह–कोषाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन । पण्डित विगत बाह्र वर्षदेखि पर्यटन व्यवसायमा आवद्ध छन ।

नुवाकोट जिल्लामा जन्मेका पण्डितले स्नातक सम्मको अध्ययन पुरा गरेका छन । “टान लाई आर्थिक रुपमा सवल बनाउँदै टानमा आर्थिक अनुशासन र पारदर्शिता कायम गर्नु नै मेरो मुख्य उद्देश्य हो”–सह–कोषाध्यक्ष पदका उम्मेदवार पण्डितले अर्थ र व्यापारलाई वताए ।

टान पर्यटन क्षेत्रकै सवैभन्दा महत्वपूर्ण संस्था भएपनि विगतका केहि वर्षयता टानप्रति सदस्य व्यवसायीहरुको भरोसा घट्दै गएकोमा त्यसलाई वढाउनुपर्ने पण्डितको धारणा छ । व्यवसायीहरुको समस्या समाधान तथा पदयात्रा पर्यटन क्षेत्रको विकासका लागी टानले अझ सशक्त भुमिका खेल्नु आवश्यक रहेको र त्यसका लागी आँफुले पहल गर्ने उनले वताए ।

“सरकार,पर्यटन मन्त्रालय र नेपाल पर्यटन वोर्डसंगको समन्वयमा गर्नुपर्ने कामहरुलाई प्रभावकारी वनाउन,टान सचिवालयलाई अझ व्यवस्थित र प्रभावकारी वनाउन र सदस्यहरुको हित र क्षमता विकासमा अझ धेरै कामहरु गर्नु आवश्यक छ,त्यसका लागी यथासम्भव प्रयास गर्नेछु”–पण्डितले भने । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।