logo

पोखरामा मुलुककै दोस्रो ठूलो पेट्रोलियम भण्डारणको शिलान्यास

    1850   पटक पढिएको


२७ कात्तिक/अर्थ र व्यापार– पोखराको गगनगौंडामा अमलेखगञ्ज पछि मुलुककै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह निर्माण सुरु भएको छ । 

बिहिबार उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले निगमको गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखरा गगनगौंडामा बन्ने एक करोड लिटर क्षमताको भण्डारण गृहको शिलान्यास गरेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० मा रहेको साविककै डिपोलाई सुदृढ गरेर नयाँ भण्डाण गृह निर्माण थालिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमताको डिपो निर्माण गर्ने सरकारको नीतिअनुसार पहिलो परियोजनाको रुपमा पोखरामा भण्डारण गृह निर्माण थालिएको पौडेलको भनाई छ । हालकै डिपो हाताको ७७ रोपनी क्षेत्रफलमा नयाँ भण्डारण गृह बन्ने निगमको भनाई छ ।

हाल प्रदेशमा सात दिनकालागि डिजेल र दुई दिनको लागि मात्रै पेट्रोलको मौज्दात हुने भण्डारण गृह छ । नयाँ भण्डारण गृह निर्माण सम्पन्न भए डिजेलको भण्डारण मागको तुलनामा एक महिना र पेट्रोलको खपत १२ दिनलाई पुग्ने निगमले जनाएको छ ।

निगमको गण्डकी प्रादेशिक कार्यालय डिपोका अनुसार प्रदेशमा हरेक दिन तीन लाख ३ लाख २५ हजार लिटर डिजेल र एक लाख ४२ हजार लिटर पेट्रोल बिक्री हुन्छ ।

प्रदेशमा नयाँ भण्डारण गृह निर्माणका लागि दुई अर्ब खर्च गरेर जग्गा खरिद गर्न प्रदेश सरकारले थालेको प्रक्रिया रोकेर निगमले यो परियोजना अघि बढाएको जनाएको छ । 

पुरानै जमिनमा भण्डार गृह बनाउने निर्णयबाट सरकारको दुई अर्व रूपैयाँ जोगिएको निगमको भनाई छ । 

दुईवर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको परियोजनाको इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले प्राविधिक अध्ययन गरेको हो ।

भण्डारण गृहको कुल निर्माण लागत ७७ करोड नेपाली रुपैयाँ हुने बताइएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।