logo

साना जहाजबाट मात्रै उडान गर्न हवाई सेवा प्रदायकलाई प्राधिरकणको आग्रह 

    2310   पटक पढिएको


२४ साउन/अर्थ र व्यापार– पिच उप्किने समस्या दोहोरिन थालेपछि नेपाल नागरिक उड्डयन प्राधिरकणले अन्तर्रा्ष्ट्रिय हवाई सेवा प्रदायक कम्पनीहरुलाई साना जहाज मात्रै नेपाल ल्याउन आग्रह गरेको छ । 

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्गको पिचमा पटक पटक समस्या देखिन थालेपछि प्राधिरकणले साना जहाजमार्फत उडान गर्न हवाई सेवा प्रदायकलाई भनेको हो।  

बुधबार प्राधिकरण, विमानस्थल र अन्तर्रा्ष्ट्रिय वायुसेवा सञ्चालक संघबीचको छलफलमा प्राधिकरणले धावनमार्गको पुनर्निर्माण नहुदासम्म साना जहाज मात्रै ल्याउन भनेको आग्रह गरेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रमुख इन्जिनीयर मुरारी भण्डारीले जानकारी दिए। 

अहिले ठूला जहाजको अधिक उडान अवतरण भइरहेको कारणले धावनमार्गको दैनिक उडान अवतरण दबाब थेग्न सक्ने अवस्था नरहेको उनले जानकारी दिए । 

विमानस्थल र प्राधिकरणले ठुलाको साटो सानो जहाज ल्याउन अनुरोध गरेपछि उडान तथा अवतरण तालिकासमेत परिवर्तनको तयारी थालिएको छ ।

भण्डारीका अनुसार सन् २०११ बाट ठूला जहाजको संख्या बढेसँगै पिच उप्कने समस्या दखिँदै आएको छ । प्राधिकरणले स्थानीय परामर्शदातालाई बोलाएर अध्ययन गराउँदा धावनमार्ग मुनीको संरचनादेखि पिचसम्म पूर्ण रुपमा पुनर्निर्माण गर्नुपर्ने निश्कर्ष निकालिएको थियो । सरकारले विमानस्थलको धावनमार्ग मर्मतको लागि ठेक्का लगाउने प्रक्रियामा छ ।  

विमानस्थलले अहिलेसम्म पिच उप्किने बित्तिकै त्यसलाई टाल्ने र उडान सञ्चालनमा ल्याउने काम गरिरहेको छ। यसले गर्दा कतिपय अवस्थामा अन्तर्रा्ष्ट्रिय उडान गरेर आएका विमानहरु लामो समयसम्म आकाशमा होल्ड हुने गरेका छन् । 

पाँच वर्ष अघि पनि प्राधिकरणले र विमानस्थलले अन्तर्रा्ष्ट्रिय उडान गर्ने कम्पनीलाई २ सय ५० सिट क्षमता भन्दा ठुला जहाजको भार विमानस्थलले थेग्न नसक्ने भन्दै साना जहाज ल्याउन वा ठुला ल्याउने भए भार घटाउन भनेको थियो । 

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दैनिक नेपाल वायु सेवा निगम, सिल्क एयर, एयर एसिया, कोरियन एयर, टर्किस एयरलाइन्स, थाइ एयरवेज, ड्रागन एयर, कतार एयरवेज, मलेसियन एयरलगायतका अन्तर्रा्ष्ट्रिय विमान कम्पनीका ३० वटा ठूला जहाज संचालनमा छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।