logo

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम परियोजना अन्तर्गत १३ किलोमिटर पाइप गाडियो

    1530   पटक पढिएको


१२ आषाढ/अर्थ र व्यापार– मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम परियोजना अन्तर्गत रक्सौलदेखि अमलेखगञ्जसम्म १३ किलोमिटर खण्डमा पाइप गाड्ने काम सकिएको छ । १५ महिनामा सक्ने लक्ष्यका साथ २०१७ को डिसेम्बरबाट काम शुरु गरेको परियोजनाले ७ महिनामा १३ किलोमिटर पाइप जडान गरेको हो ।
परियोजना व्यवस्थापक एवं आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदीप यादवले १३ किलोमिटर पाईप गाडिसकिएको र २ किलोमिटर अन्तिम चरणमा पुगेको बताए ।
परियोजना अन्तर्गत रक्सौल बोर्डरदेखि अमलेखगञ्जसम्म ३६.२ किलोमिटर र मोतिहारीदेखि रक्सौल बोर्डरसम्म ३३.७ किलोमिटर पाइप बिछ्याउनुपर्ने हुन्छ । पाइप बिच्छ्याउन प्रतिकिलोमिटर ५ करोड भारतीय रुपैयाँ लाग्ने अनुमानका आधारमा ७० किलोमिटरको लागत ३ सय ५० करोड भारु पर्ने अनुमान छ । अमलेखगञ्जमा ४ वटा ट्याङ्की निर्माण गर्ने र नदीहरुमा बोरिङ गरेर पाइप गाड्नुपर्ने हुँदा लागत अझै बढी हुने अनुमान छ ।
परियोजनाका इन्जिनियर सरद पौडेलले अवरोध नभएको ठाउँमा पाइप गाड्ने काम सम्पन्न भएको जानकारी दिए । ‘पथलैया, सिमरा क्षेत्रमा सहजै पाइप बिछ्याउने र गाड्ने काम सम्पन्न भइसकेको छ, वीरगन्जको बाइपास सडक खण्डमा पनि काम भइरहेको छ’ उनले भने ‘सबै पक्षको सहयोग भयो भने समयमै काम सकिन्छ ।’
उनले वर्षायाममा दक्षिणी क्षेत्रमा काम गर्न केही समस्या आउने देखिए पनि वन मन्त्रालयले अनुमति दिएको खण्डमा वन क्षेत्रमा काम शुरु गर्न सकिने जानकारी दिए ।
परियोजना अन्तर्गत ३६ किलोमिटरमा २० किलोमिटरमा काम गर्न सहज छ । सबैभन्दा गाह्रो वनको क्षेत्रमा र त्यसपछि शंकराचार्यगेटदेखि रजतजयन्ती चोकसम्म १ किलोमिटर, परवानीपुर र जीतपुर बजारमा समस्या रहेको निर्माण कम्पनीले जनाएको छ । भारतीय कम्पनी लिखिता इन्फास्ट्रक्चर प्रालिका इन्जिनियर जाफर इमामले विभिन्न ठाउँमा अवरोध देखिएका कारण काम सोचेजसरी अघि बढ्न नसकेको बताए । 
परियोजना सम्पन्न भएपछि पाइप लाइनमार्फत पेट्रोलियम आयात गर्दा आपूर्ति सहज हुनुको साथै वाषिर्क ढुवानी तथा चुहावटमा लाग्ने करोडौं रुपैयाँ जोगिने अनुमान छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।