logo

चेक नकाटी भुक्तानी गर्न सकिने सेवा पूर्ण रुपमा सुचारु

    1313   पटक पढिएको

 ९ मंसिर÷अर्थ र व्यापार -  तयारी बिना सञ्चालनमा ल्याइएको रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) ले शुक्रबारदेखि बल्ल काम गर्न थालेको छ। नेपाल राष्ट्र बैंकको १३ बर्षअघि नै आरटिजिएस लागू गर्ने तयारी गरेको थियो। गत भदौदेखि कार्यान्वयनमा ल्याएपनि तयारी नपुग्दा यसले काम गर्न सकेको थिएन।
’शुक्रबारबाट भने यसले काम गर्न थालेको छ’ राष्ट्र बैंक भुक्तानी तथा फर्छ्यौंट विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले अर्थ र व्यापारसँग भने, ’शुक्रबारपछि समस्या देखिएको छैन।’ अबदेखि चेक नकाटी सिधै भुक्तानी गर्न मिल्ने भएको छ।

आरटिजिएसले काम गर्न थालेपछी चेकको क्लियरिङ गरिरहनु पर्दैन। तत्कालको तत्काल एक बैंकबाट अर्को बैंकमा भुक्तानी हुने छ । जस्तो तपाईको खाता नबिल बैंकमा छ। तपाईको साथीको खाता प्रभु बैंकमा होला। तपाई नबिल बैंकमा गएर एउटा फारम भर्नु पर्छ। जसमा ’मेरो फलानो नाम गरेको साथीलाई फलानो बैंक खातामा भुक्तानी गरिदेउ’ लेख्नु पर्छ । 

त्यसपछि नबिल बैंकले तपाईँको खाताको पैसा प्रभु बैंकमा तपाईँको साथीको खातामा भुक्तानी गरिदिन्छ। यो प्रकृया काउन्टरमा उभिँदाउभिँदै पुरा भइसक्छ । अहिले चेक काटेर क्लियरिङमा पठाउनु पर्छ। भुक्तानी हुन डेढ दिनसम्म लाग्छ ।

राष्ट्र बैंकले २ लाख रुपैयाँभन्दा माथिको भुक्तानीमा यो सेवा सुरु गरेको हो। २० लाखभन्दा माथिकोमा अनिवार्य नै गरेको छ । ग्राहकहरु बानि नपरुन्जेल चेक पनि चलाउने राष्ट्र बैंकले जनाएको छ  अहिले बाणिज्य बैंकहरुलाई अनिवार्य गरिएको छ। पुसपछि विकास बैंक र फाइनान्स कम्पनीमा पनि अनिवार्य हुनेछ ।

राष्ट्र बैंकले २०६३ को मौद्रिक नीतिबाट आरटिजिएस लागू गर्ने जनाएको थियो। तर प्राविधिक कारण भएकाले लागू गर्न सकेको थिएन। गभर्नर डा. चिरञ्जिबी नेपालले आरटिजिएस लागू हुनुलाई ठूलो उपलब्धि भएको बताएका छन्। भारतमा सन् २००७ बाटै आरटिजिएस लागू भएको हो।

आरटिजिएस पूर्ण रुपमा लागू भएपछि बैंकहरुले चेक छाप्नु पर्दैन जसले गर्दा उनीहरुको लागत कम पर्छ। साथै चेकको प्रयोग हुन छाडेपछि क्लियरिङ गरिरहनु पर्दैन। आरटिजिएसका कारण पैसाको कारोबारमा तिब्रता आउँछ। जस्तो अहिले क्लियरिङ गर्दा डेढ दिन लाग्छ भने आरटिजिएस लागूपछि त्यही पैसाको कारोबार १०औं पटक हुन सक्छ।

अहिलेलाई एउटा कारोबारको १० रुपैयाँ लाग्छ । बेलुकी भुक्तानी गर्नु परेमा १०० रुपैयाँसम्म शुल्क लाग्ने छ। यसलाई घटाउँदै लैजाने राष्ट्र बैंकको योजना छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।