logo

पोखरा महानगरपालिकाद्वारा बुधबारदेखि प्याराग्लाईडिङ उडानमा प्रतिबन्ध

    1413   पटक पढिएको

२१ फागुन/ अर्थ र व्यापार  - पोखरा महानगरपालिकाको मंगलबारको बैठकले प्याराग्लाईडिङ उडानमा बुधबारदेखि प्रतिबन्ध लगाएको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाले जिल्ला प्रहरी, जिल्ला प्रशासनलाई पनि प्याराग्लाईडिङ उडान रोक्न अनुरोध गरिएको बताए ।

महानगरलाई बुझाउनुपर्ने कर नबुझाएको र दिनहुँ दुर्घटना हुन थालेको कारण प्याराग्लाईडिङ उडाउन प्रतिबन्ध लगाईएको हो । पछिल्ला तीन दिनमा प्याराग्लाइडिङ दुर्घटनामा २ जना विदेशी नागरिकको निधन भएको छ भने प्याराग्लाईडिङ कन्पनीले विगत ४ बर्षदेखि महानगरलाई कर बुझाएका छैनन् भने महानगरमा दर्ता पनि भएका छैनन् । प्याराग्लाइडिङ उडाउने ५६ कम्पनी मध्ये एकवटामात्र दर्ता भएको छ ।

आर्थिक बर्ष २०७२र०७३ देखि महानगरले तोकेको ८६ हजार रुपैयाँ कर नबुझाएको महानगरको राजश्व शाखाका रोम उपाध्यायले बताएका छन । उपाध्याएका अनुसार  उनका अनुसार हालसम्म एउटा कम्पनी मात्रै महानगरमा दर्ता छ । महानगरले आर्थिक बर्ष २०७२÷०७३ र २०७३र०७४ मा ५ हजार ५ सयका दरले कर तोकेको थियो भने २०७४र०७५ मा ५० हजार तथा २०७५र०७६ मा २५ हजार रुपैयाँ शुल्क तोकेको थियो ।

यो बर्षदेखि प्रदेश सरकारले पनि प्याराग्लाईडिङमा कर लिने भएकोले केही घटाईएको उपाध्याय बताउँछन् । महानगरले १९ गते पत्र लेखेर नवीकरण र पर्यटन शुल्क उठाउनका लागि वडालाई अधिकार पठाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।