logo

पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न संघीय संसदको विकास तथा प्रविधि समितिको सिफारिस

    1815   पटक पढिएको

३१ जेठ /अर्थ र व्यापार - तिनकुने र बानेश्वर जोड्ने बागमती नदिमाथि निर्माण हुदैंगरेको पुल गुणस्तरहिन भएको जनाइएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिले स्थलगत अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गर्दै दिएको निर्देशन पालना नगर्ने ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न सिफारिस गरेको हो । 

कामअघि नबढाउन निर्देशन दिँदादिँदै पनि अटेर गरि निर्माण कार्य अघि बढाउने निर्माण व्यवसायीलाई कारबाहि गर्न प्रतिवेदनमा भनिएको छ । समितिको सभापति कल्याणी खड्काले तत्कालै समस्या समाधान गरी निर्माण सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । तीनकुने स्थित निर्माणाधीन पुल डिजाईन एण्ड विल्ड प्रक्रियाबाट २०७१ पुस ४ गते ठेक्का सक्झौता गरिएको थियो । २०७५ असार ५ गते निर्माण पुरा गरेर हस्तान्तरण गर्नुपर्ने  थियो । 

निर्माण भएर संचालनमा आइसक्नुपर्ने पुल निर्माण रोकिएको छ । २०७६ बैशाख १९ गते सभापति कल्याणीकुमारी खड्काको  नेतृत्वमा समितिमा रहेका सदस्यहरु, विज्ञ सचिवालयका कर्मचारीले जेठ २ गते पुलको स्थलगत अवलोकन गरेको गरेका थिए। राष्ट्रिय सतर्कता केन्द्रका प्राविधिक समेत सहभागी थिए । 

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवासायीले भने समयमै आवश्यक निर्णय नगर्दा समस्या सिर्जना भएको जनाएको छ । यो आर्क व्रिजमा प्राविधिक त्रुटी भेटिएको भन्दै आयोजनाले रोक्न निर्देशन दिएको छ । पुलको जग आवश्यक गहिराईसम्म नपुर्याई स्ट्रक्चर उठाएको पाईएपछि निर्माण रोक्न संचालन गर्न लागिएको हो । यो पुलमा पुल्चोक इन्जिनियरिङ कलेजमार्फत गुणस्तर र प्राविधिक अध्ययन भैरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।