logo

पोखरा रंगशालामा खेल होइन चित्रकला !

    1549   पटक पढिएको

१२ मङ्सिर / अर्थ र व्यापार  - पोखरा रंगशाला प्रवेशद्वार नजिकै छ, बास्केटबल कोर्ट । रंगशाला पुग्दा त्यहाँ साँझ–बिहान सधैं खेलाडीहरु अभ्यासमा देखिन्थे । तर, बिहीबारको दृष्य केही फरक थियो । कोर्ट भित्र केही कुर्सी र केही क्यानभास थिए ।

बास्केटबल कोर्टमा खेलाडी र बलको साटो क्यानभास थियो र थिए, क्यानभासमा एकतमास रङ पोतिरहेका कलाकारहरु । कोही क्यानभासमा नीलो आकासको रङ पोत्दैछन् । कोही घरी उत्तर फर्किंदै, घरी क्यानभास हेर्दै माछापुच्छ्रेलाई कलामा उतारिहेका छन् । सबै आ–आफ्नै धुनमा छन् ।

आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्ष्य गरी बिहीबारदेखि पोखरामा सुरु भएको ‘आर्ट फर स्पोर्ट वर्कसप’को दृश्य हो यो । पोखरेली कला क्षेत्रमा क्रियाशील २० जना कलाकारहरुले अहिले क्यानभासमा मन्त्रमुग्ध चित्र कोरिरहेका छन् । वर्कसपमा नेपाल प्रज्ञा प्रतिष्ठान चित्रकला विभागका निवर्तमान प्रमुख रमेश श्रेष्ठ, वरिष्ठ कलाकार, यादवचन्द्र भुर्तेलदेखि बुद्धिज् एट्लेयरका ज्योति गुरुङसमेत सहभागी छन् ।
वर्कसपको गण्डकी प्रदेशका योजना तथा आर्थिक मामिला मन्त्री किरण गुरुङले क्यानभासमा माछापुच्छ्रे हिमालको चित्र कोर्दै उदघाटन गरे । उदघाटन गर्दै उनले भने, ‘खेल आफैंमा कला हो । कला भएरै यसले सुन्दरता प्राप्त गरेको छ ।’

२० जना कलाकार सहभागी वर्कसपबाट तयार भएका चित्र १३ औं सागको स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिलाई प्रदान गरिने वर्कसप संयोजक रमेश श्रेष्ठले जानकारी दिए । ‘वर्कसपमा करिब २०र२२ वटा चित्र बन्छन् । ती चित्र पोखरेली परिवेश वरिपरि हुन्छन्,’ उनले भने, ‘सबै तयार भइसकेपछि हामीले आयोजक समितिलाई नै हस्तान्तरण गर्ने छौं ।’

वर्कसप संयोजक श्रेष्ठले खेलमा भाग लिन आउने स्वदेशी तथा विदेशी पर्यटकलाई चित्र उपहार दिएर पर्यटन तथा कलाको प्रचार–प्रसार गरिने सुनाए । उनले भने, ‘खेलकुदमा चित्रकलाले पहिलो पटक स्थान पाएको छ । यसले भिजिट नेपाल २०२० लाई पनि सघाउनेछ भन्ने आशा लिएका छौं ।’

१३ औं साग पोखरा अतिथि सत्कार तथा व्यवस्थापन समिति सदस्य खिम गुरुङले खेलमा भाग लिन आउने विशिष्ट प्रतिनिधिलाई चित्र उपहार दिइने जानकारी दिए । उनले भने, ‘वर्कसपले खेलकुदलाई कला र सिर्जनासँग जोड्नका साथै पोखरा आउने विशिष्ट अतिथिलाई स्वागत सत्कार पनि गर्न सकिने छ ।’

अर्थमन्त्री किरण गुरुङले बिहीबार नै १३ औं सागका लागि पोखरा रंगशालामा बनाइएको मेडिकल सेन्टर पनि उदघाटन गरेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।