logo

ग्यास उद्योगीको वार्षिकोत्सवमा उद्योगमन्त्रीले भने-‘आयल निगम कुनै पनि हालतमा निजीकरण हुँदैन’

    1400   पटक पढिएको

६ पुष / अर्थ र व्यापार - सरकारले राष्ट्रिय सुरक्षासँग जोडिएको पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपाल आयल निगमको कुनै पनि हालतमा निजीकरण नहुने प्रष्ट पारेको छ।

नेपाल एलपी ग्यास उद्योग संघको २० औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निगमसँग प्रतिस्पर्धा गर्न आउनेलाई स्वागत गरिने बताए।

पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको निगमले व्यावसायिकता प्रदर्शन गर्न नसकेको भन्दै बेलाबेलामा निगमलाई निजीकरण गर्नुपर्ने आवाज उठ्दै आएको छ। जनताले परिर्वतनको अनुभूति दिनुपर्छ भन्ने मान्यताका साथ आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उनले छिट्टै पेट्रोलियम कारोबारसम्बन्धी ऐन, नियम ल्याउने बताए।

फरक प्रसंगमा मन्त्री भट्टले कानून पालना गराउन सरकार पछि नपर्ने बताउँदै नागरिकको सुरक्षाप्रति सधैँ गम्भीर बन्न उद्योगीलाई आग्रह गरे।सरकार अनुगमन गर्ने नाममा उद्योगी, व्यवसायी समक्ष जान नपरोस् भन्नेमा रहेको प्रष्ट पार्दै मन्त्री भट्टले भने, ’व्यवसायीलाई सहजीकरण गर्न सरकार तयार छ, तपाईहरू उपभोक्ताको सुरक्षाप्रति गम्भीर बन्नुहोस्, आफ्ना उत्पादन गुणस्तरीय छन् की छैनन् भनेर आफैं अनुगमन गर्नुहोस्।’

एलपी ग्यासमा अझै पनि उपभोक्ता ठगिइरहेका छन् भन्ने गुनासोप्रति उद्योगीको ध्यानाकर्षण गराउँदै उनले ग्यासको सिलिण्डर तौलेर तोकिएको परिमाणमा ग्यास रहेको यकीन गरेर मात्र बिक्री वितरण गर्न आग्रह गरे। ’जनतालाई आफू ठगिएको महसुस हुनुहुँदैन, सिलिण्डर जोखेर दिनुपर्नेमा आपत्ति नजनाउनुहोस्,’ उनले भने।

उद्योग दर्ता गरेपछि अन्य सरकारी निकायसँग मन्त्रालयले नै समन्वय गरिदिने प्रक्रिया अगाडि बढाइएको उनको भनाइ थियो। कार्यक्रममा संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तवले एलपी ग्यासमा निकै जोखिम रहेकाले उपभोक्ताको सुरक्षा र गुणस्तरमा ध्यान दिन आग्रह गरे।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले भारतसँग कूटनीतिक संवाद गरेर नेपाली ग्यास बुलटेका निर्वाध सञ्चालनको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले ग्यास उद्योगीसँग समन्वय गर्न निगम तयार रहेको बताए। संघका अध्यक्ष गोकुल भण्डारीले जनताको सुरक्षालाई ध्यानमा दिएर गुणस्तरीय सिलिण्डर बजारमा पठाइएकाले ढुक्कसँग प्रयोग गर्न आग्रह गरे। मुलुकभर ५७ वटा ग्यास उद्योग सञ्चालनमा छन्। कार्यक्रममा उपभोक्ता अधिकारकर्मी तथा सञ्चारकर्मीलाई सम्मान गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।