logo

आयल निगमको नाफा दुई अर्ब ४६ करोड, नेपाल सरकारले दुई अर्ब २० करोड रुपैयाँ नाफा लैजाने

    1375   पटक पढिएको

१० पुष / अर्थ र व्यापार -  नेपाल आयल निगमले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ। प्रमुख शेयरधनी नेपाल सरकारले नै अधिकांश लाभांश लैजाने छ। गत वर्ष नेपाल सरकारले निगमलाई दिएको ऋणलाई पुँजीकरण गरेको थियो।

ऋणलाई पूँजीकरण गरे सँगै २९ करोड २३ लाख रुपैयाँको शेयर पुँजी बढेर ११ अर्ब रुपैयाँ पुर्याइएको थियो। निगमले गत आर्थिक वर्षमा दुई अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यहि नाफाबाट नेपाल सरकारले दुई अर्ब २० करोड रुपैयाँ लैजाने भएको हो।

दुई खर्ब ४६ अर्ब रुपैयाँको कारोबार भएको थियो। निगमलाई जम्मा कारोबारको ३.५५ प्रतिशत नाफा बस्छ। यस आधारमा निगमले ८ पेट्रोलियम पदार्थको कारोबार र ग्याँसको खरिद बिक्री मार्फत ८ अर्ब ७५ करोड रुपैयाँ मार्जिन नाफा गरेको थियो।

सम्पूर्ण खर्च कटाएर गत वर्ष दुई अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो। यहि नाफाबाटै सरकारले दुई अर्ब २० करोड रुपैयाँ आफ्नो खातामा तान्नेछ। सरकारले गत वर्ष आफुले दिएको ऋणलाई पूँजीकरण गरेसँगै उक्त नगद नाफा लैजान सुझाएको थियो।

नेपाल सरकारले आयल निगमको तर्फबाट अहिलेसम्मकै अधिकतम लाभांश लैजानेछ। निगमले पुस २९ गते ३८ औ वार्षिक साधारणसभा डाकेको छ। साधारणसभाले उक्त लाभांश पारित गरेसँगै सरकारले पैसा लैजानेछ।

यो साधारणसभा निगमको इतिहासमै आर्थिक वर्ष सकिएको ६ महिनाभित्र पहिलो पटक हुन लागेको हो। राजस्व संकलन लक्ष्य भन्दा कम संकलन भैरहेको सन्दर्भमा नेपाल सरकारले निगमबाटै दुई अर्ब २० करोड रुपैयाँ लैजाने भएको हो।

नेपाल सरकारको पूर्ण वा आशिंक लाभांश वितरणको लागि नेपाल सरकारको अनुमति आवश्यक पर्छ। यसै आधारमा नेपाल सरकारले नगद लैजान चाहे पछि साधारणसभामा यस्तो प्रस्ताव गरिएको हो।

नेपाल आयल निगम अन्य कम्पनी जस्तो नाफामुखी संस्था होइन। तर निगमले गत आर्थिक वर्षमा आर्जन गरेको यतिधेरै लाभांश आफ्नो खातामा लैजाने भएको हो। अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ उच्च हुँदा पनि समायोजन हुने गरि खरिद बिक्री गर्दै आएको छ।

निगमले करिव २१ करोड रुपैयाँको नोक्सानीलाई कभर गरेको छ। केही पेट्रिलयम पदार्थमा निगमले घाटा खाएर बिक्री वितरण गरिरहेको छ। लागत मूल्य भन्दा कममा बिक्री गर्दा भएको २१ करोड रुपैयाँको नोक्सानीलाई कभर गर्न सफल भएको हो।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।