logo

११ प्रतिशतले घट्यो इन्धन आयात

    1754   पटक पढिएको

२८ पुस/अर्थ र व्यापार– कोभिड–१९ महामारी संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनका कारण भारतबाट हुने इन्धन आयात अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले घटेको छ ।

लकडाउनका कारण लामो समयसम्म सवारी साधन चल्न नसक्दा इन्धन खपत कम भइ आयातमा कमी भएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार आर्थिक वर्ष २०७६/७७ मा एक खर्ब ४५ अर्ब ९८ करोड रुपैयाँ बराबरको २५ लाख ९० हजार ६ सय ९३ किलोलिटर इन्धन आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कमी हो ।

आर्थिक वर्ष २०७५/७६ मा एक खर्ब ९२ अर्ब ७२ करोड रुपैयाँ बराबरको २९ लाख ३८ हजार ९ सय ३० किलोलिटर इन्धन आयात गएकोमा वार्षिक रुपमा इन्धनको खपत ८ देखि १० प्रतिशतले बढ्ने गरेकोमा यो वर्ष कोभिडको प्रभावले आयातमा कमी भएको हो ।

इन्धनको आयात घटे पनि निगमले गत वर्ष १२ अर्ब ९० करोड नाफा कमाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको, पाइपलाइनबाट तेल ल्याउँदा ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याजबाट  निगमको नाफा बढेको हो ।

अघिल्लो वर्ष ८ अर्ब ७५ करोड नाफा कमाएको थियो । इन्धन आयात गरेर गत वर्ष सरकारलाई ६६ अर्ब ८८ करोड राजस्व बुझाएको छ । अघिल्लो वर्ष ६५ अर्ब राजस्व बुझाएको थियो ।

आव ०७६/७७ मा पेट्रोल ५ लाख १३ हजार ९ सय ८४ किलो लिटर डिजेल १४ लाख ७३ हजार किलोलिटर र मटीतेल १८ हजार २ सय ७६ किलोलिटर, हवाई इन्धन एक लाख ३६ हजार ४५६ किलोलिटर र एलपी ग्यास ४ लाख ४८ हजार ५ सय ५० टन आयात भएको छ । 

आर्थिक वर्ष २०७४/७५ मा एक खर्ब ५४ अर्ब ७९ करोड रुपैयाँ बराबरको २६ लाख ७० हजार ८ सय ८६ किलोलिटर आयात भएको थियो । 

निगमका अनुसार सामान्य अवस्थामा मासिक पेट्रोल ५५ हजार किलोलिटर र डिजेल एक लाख ५५ हजार किलोलिटर र एलपीजी ग्याँस मासिक ३० देखि ४० हजार टनसम्म खपत हुने गर्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।