logo

१० मेगावाट भन्दा साना जलविद्युतलाई हाइड्रोलोजी पेनाल्टी नलगाउन निर्देशन

    1673   पटक पढिएको


२६ असोज/अर्थ र व्यापार– विद्युत नियमन आयोगले १० मेगावाट भन्दा साना जलविद्युत आयोजनालाई हाइड्रोलोजी पेनाल्टी नलगाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।

आयोगले १० मेगावाट भन्दा साना आयोजनाले पूर्वानुमान गरिए अनुसारको विद्युत उत्पादन गर्न नसकेमा पेनाल्टी नलगाउन निर्देशन दिएको हो । विद्युत प्राधिकरणलाई पत्र लेख्दै

जलविद्युत आयोजनाले हरेक महिना आफूले उत्पादन गर्न सक्ने विद्युत ऊर्जाको परिमाण पूर्वानुमान गरी प्राधिकरणलाई जानकारी गराउनु पर्ने हुन्छ । यदी पुर्वानुमान गरिएभन्दा कम विद्युत उत्पादन भएमा विद्युत प्राधिकरणले आयोजनालाई पेनाल्टी लगाउने गर्छ ।

हिउँद लागेसँगै खोलामा पानीको बहाब घट्न सुरु भएकोले अव भने पूर्वानुमान गरेको विद्युत उत्पादन हुने सम्भावना कम हुन्छ । 

विद्युत नियमन आयोगले १० मेगावाट भन्दा साना आयोजनालाई हाइड्रोलोजी पेनाल्टी नलगाउन प्राधिकरणलाई दिएको निर्देशन कार्यन्वयन भएमा १० मेगावाट भन्दा साना आयोजनालाई सहुलियत हुनेछ ।

आयोगले यस अघि २०७६ फागुनमा पनि यस्तै प्रकृतिको निर्देशन दिएकोमा विद्युत प्राधिकरणले उक्त निर्देशन कार्यान्वयन नगरेको भन्दैसात महिना पछि पुनः निर्देशन दिएको हो ।

प्राधिकरणले पनि बाढी पहिरो र भूकम्प लगायतका कारणले सम्बन्धित प्रसारणलाइन वा सवस्टेसनमा क्षति पुग्दा विद्युत उत्पादकलाई क्षतिपूर्ति दिनु नपर्ने आयोगको निर्देशनमा उल्लेख छ । 

त्यस्तै ११ केभी, ६६ केभी र १३२ केभी प्रसारणलाइनमा जोडिएका आयोजनालाई समान सुत्र प्रयोग गरेर मात्रै प्रसारण नभएको विद्युत ऊर्जाको क्षतिपूर्ति सम्बन्धि व्यवस्था गर्न पनि निर्देशन दिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।