logo

औपचारिक आव्हान गर्नुअघिनै निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि अन्तर्रा्ष्ट्रिय कम्पनी ईच्छुक

    1824   पटक पढिएको


६ साउन/अर्थ र व्यापार– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मोडालिटी टुंगो लगाई निर्माणको औपचारिक आव्हान गर्नुअघिनै निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि अन्तर्रा्ष्ट्रिय कम्पनी ईच्छुक देखिएका छन् ।

निर्माण मोडालिटी टुंगो लगाउनुअघि नै निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा विमानस्थल बनाउन अन्तर्रा्ष्ट्रिय कम्पनी ईच्छुक देखिएका हुन् ।  

अर्थमन्त्री डा.युवराज खतिवडाले ठूला पूवार्धारको विषयमा जानकारी लिन डाकेको बैठकमा मन्त्रालयका तर्फबाट सचिव कृष्ण देवकोटाले अन्तर्रा्ष्ट्रिय कम्पनीले निजगढ विमानस्थल बनाउन चाहेको विफ्रिङ गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मोडालिटी टुंगो लगाई निर्माणको औपचारिक आव्हान गर्नुअघिनै अमेरिकी कम्पनी पी थ्री इन्टरनेशनल, विस्तृत संभाव्यता अध्ययन (डिएफएस) निर्माता ल्याण्डमार्क वर्ल्डवाइड (एलएमएडब्लु) कोरिया र अर्को एक भारतीय कम्पनीले विमानस्थल निर्माणमा चासो देखाएका हुन्। ती कम्पनीले मन्त्रालयसमक्ष औपचारिकरुपमा प्रस्तुत  भने भएका छैनन् ।

पि थ्रीले विश्व बैंकको अन्तर्रा्ष्ट्रिय वित्त निगम(आइएफसी)समेतको संलग्नतामा लगानी व्यवस्थापन गरी आयोजना अघि बढाउने प्रस्ताव गरेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । 

अन्तर्रा्ष्ट्रिय कम्पनीहरुले अनौपचारिक प्रस्ताव गर्न थालेपछि पर्यटन मन्त्रालयले विमानस्थल निर्माणका लागि ईच्छुक समूहबाट आशयपत्र माग गर्ने तयारी गरेको छ ।

सरकारले बुट मोडलमा आयोजना निर्माणको विधि तय गरे सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार उचित निर्माण कम्पनी छनौट गरी कामको जिम्मेवारी दिइने देवकोटाले बताए।

सरकारले ठूलो लगानीमा निर्माण हुने यस्ता पूर्वाधार आयोजनामा विदेशी लगानी भित्र्याउने र अघि बढाउनको लागि बुट मोडललाई संभाव्य उपयुक्त विधिको रुपमा लिइएको छ । यो मोडलअन्तर्गत आयोजना निर्माण भए निर्माणकर्ताले निर्माणअवधिसमेत गरी ३० वर्ष आयोजना सञ्चालन गर्छ र चालु आवस्थामा आयोजना सरकारलाई हस्तान्तरण गर्नुपर्छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।