logo

काठमाडौं उपत्यकामा रात्रीकालीन यातायात सेवाको लागि तयारी सुरु

    1767   पटक पढिएको

२० जेठ /अर्थ र व्यापार  - काठमाडौं उपत्यकामा रात्रीकालीन यातायात सेवा सुरु हुने तयारीमा छ । यातायात व्यवस्था विभागले काठमाडौंका मुख्य स्थानहरुमा कम्तीमा राती १० बजेसम्म सार्वजनिक सवारीसाधन संचालन हुने व्यवस्था मिलाउने भएको हो ।  
विभागले निजी सवारी कम्पनी, साझा यातायात, नेपाल प्रहरी, ट्राफिक लगायतका निकायसंग छलफल सुरु गरिसकेको छ । उपत्यकामा पर्यटकको चाप भएको ठमेल लगायतका स्थान, अस्पताल, व्यापारिक स्थल, यात्रुको चाप बढी हुने रुटमा रात्रीकालीन सेवा संचालन गर्न सकिने निष्कर्ष छलफलबाट निस्किएपछि यसकालागि तयारी सुरु भएको हो ।  

ती स्थानहरु कम्तीमा राती १० बजेसम्म भाडाका सवारीसाधन संचालन गर्ने योजना रहेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए । उनका अनुसार त्यसपछि विस्तारै राजधानीका अन्य रुटमा पनि विस्तार गर्दै लैजाने योजना रहेको छ । बस कम्पनीहरुले सुरक्षा र वैज्ञानिक भाडादर समायोजन गरिदिए रात्रीकालीन सेवा संचालन गर्न सकिने प्रतिक्रिया दिएको यातायात व्यवस्था विभागका महानिर्देशक दाहालले जानकारी दिए । सुरक्षा निकायले सुरक्षाको जिम्मा दिन सक्ने समेत प्रतिवद्धता जाहेर गरेका छन् ।

अहिले भाडाका सवारीसाधन चढ्ने वित्तिकै १५ रुपैयाँ भाडा तिर्नुपर्छ । त्यसमा अशक्त, जेष्ठ नागरिक, विद्यार्थी लगायतलाई ४५ प्रतिशतसम्म छुट दिनुपर्ने व्यवस्था छ । तर रात्रीकालीन सेवाका लागि चढ्ने वित्तिकै २० रुपैयाँ भाडा र छुटको व्यवस्था हटाउनुपर्ने यातायात ब्यवसायीको माग छ । दाहालका अनुसार एक साताभित्रमा सरोकारवाला सबै निकायसंग छलफल र सुझाव लिने काम सकिनेछ । यातायात कम्पनीहरुले रुट इजाजत लिँदा विहान ५ बजेदेखि राती १० बजेसम्म सम्म सेवा संचालन प्रतिबद्धता जनाएका हुन्छन् । तर हालसम्म पनि यो कार्यान्वयन हुन सकेको छैन ।

सवारी ऐनमै उक्त व्यवस्था रहेपनि यात्रु नपाउने र सुरक्षा नहुने भन्दै यातायात व्यवसायीहरु राती बस चलाउन मान्दैनन् । यसबाट सर्वसाधारणलाई राती बाहिर निस्कँदा यातायातका साधन नपाउने समस्या परिरहेको छ । सवारीसाधन सहज भएमा राती पनि  मानिसहरुको चहलपहल बढ्ने विभागको भनाई छ । विभागले रात्रीकालीन सेवाका लागि यातायात ब्यवसायीलाई प्रोत्साहन दिने योजना समेत बनाउन लागेको दाहालले बताए ।  

रात्रीकालीन सेवा संचालन गर्न सके दिनमा हुने ट्राफिक फ्लो समेत घट्ने विभागको भनाई छ । त्यसैगरी शहर समेत १० बजेसम्म जीवन्त हुनेछ । पहिले नाईट बस संचालन गरेर बन्द  भएपनि अहिले आवश्यकता भैसकेका कारण अब संचालनमा आएपछि दिगो हुने दाहालको बुझाई छ । उनले यसबारेमा एक साताभित्र निर्णय हुने र  निर्णय छिट्टै कार्यान्वयनमा ल्याउने दाबी समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।