logo

पर्यटन मन्त्रालयमा हेलिकोप्टर संचालनको अनुमति माग्दै आवेदन दिने कम्पनीको सङ्ख्यामा वृद्धि

    1193   पटक पढिएको

६ माघ /अर्थ र व्यापार - नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर धेरै हुँदा अनुगमन गर्न नसकिएको गुनासो गरेपनि नयाँ हेलिकोप्टर संचालनको लागि अनुमति माग्ने भने बढिरहेका छन् । प्राधिकरणको गुनासोलाई वेवास्ता गर्दै पर्यटन मन्त्रालयमा हेलिकोप्टर संचालनको अनुमति माग्दै आवेदन दिने बढिरहेका छन् । मन्त्रालयका अनुसार केही दिनअघि मात्रै पर्वत हेलिकोप्टरले संचालनका लागि आवेदन दिएको हो । कम्पनीले एयरबस कम्पनीको इक्वेरियल हेलिकोप्टर ल्याउने योजना बनाएको छ ।

यसअघि चारवटा  हेलिकोप्टर कम्पनी उडान इजाजतको प्रकृयामा छन् । मुस्ताङ, अन्नपुर्ण, आरएस, स्काइलाइनले मन्त्रालयमा आवेदन दिएका थिए । स्रोतका अनुसार हाल मुस्ताङ हेलिकोप्टर उडान अनुमतिका लागि प्रक्रियामा छ भने अन्नपुर्ण र आरएस हेलिकोप्टर पाइपलाइनमै छन् । स्काइलाइन हेलिकोप्टर भने मन्त्रालयमै अध्ययनको क्रममा रहेको छ। मन्त्रालयबाट प्राधिकरणमा आएका हेलिकोप्टर कम्पनीले संचालन अनुमतिका लागि भने केही चरणहरु पार गर्नुपर्छ ।

हेलिकोप्टर कम्पनीको प्राधिकरणले पाँच महीना अघि नयाँ हेलिकोप्टर कम्पनी दर्ता नगर्न मन्त्रालयलाई पत्राचार पनि गरेको थियो । हाल मुलुकमा १० वटा कम्पनीको ३० वटा भन्दा बढी हेलिकोप्टर संचालनमा आएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।