logo

तिनकुनेमा बन्दै गरेको नेटवर्क आर्क नेटवर्क ब्रिजको निर्माण अवधि सकिएको ५ महिना नाघिसक्दा ३० प्रतिशत मात्र काम सम्पन्न

    1627   पटक पढिएको

२८ मंसिर / अर्थ र व्यापार - तिनकुनेमा बन्दै गरेको नेटवर्क आर्क नेटवर्क ब्रिजको निर्माण अवधि सकिएको ५ महिना नाघिसकेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार हालसम्म उक्त ब्रिजको निर्माणको ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

२१ करोड ३३ हजार रुपैयाँको लागतमा बन्न आटेको उक्त पुल निर्माणका क्रममा ६ करोड ७७ लाख ३७ हजार रुपैयाँ खर्च भइसकेको छ । उक्त पुल निर्माणको ठेक्का पुप्पु कन्स्ट्रक्सनले लिएको छ । उक्त निर्माणको ठेक्का सम्झौता २०७१ साल पुस ४ गते भएको थियो । उक्त निर्माणको अन्तिम समय २०७५ साल असार ५ गते तोकिएको थियो ।उक्त पुलको लम्बाई ८५ मिटर रहेको छ भने चौडाई १२ मिटर रहेको छ । हालसम्म उक्त पुल निर्माण नहुनुमा सो पुल नयाँ र स्पेसल डिजाइनको भएकाले त्यसको स्वीकृति प्राप्त गर्न कै लागि बढी समय लाग्नु रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता श्र्विविजय लाल श्रेष्ठले बताए ।

उनका अनुसार निर्माण सुरु हुन नै ढिलाई भएकाले सो पुलको निर्माणमा धेरै समय लागेको हो । उनले निर्माण सुरु गर्ने बेलामा खाने पानी तथा विद्युतीय यूटिलिटिजहरुको समयमै उचित व्यवस्थापन नभएकाले पुल निर्माणमा ढिलाई भएको बताएका छन् । हाल निर्माण वयवसायी पप्पु कन्स्ट्रक्सनले म्याद थपको लागि निवेदन दिएको उनले जानकारी दिए । निर्धारित समयमा तिनकुनेको नेटवर्क आर्क ब्रिज निर्माण सम्पन्न नहुँदा ट्राफिक व्यवस्थापनमा ठूलो समस्या देखिएको छ । माइतीघर–तिनकुने सडकमा लेन अनुसारको पुल निर्माण नहुँदा अत्याधिक जाम हुने गरेको छ भने यात्रुले उस्तै सास्ती खेप्नु परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।