logo

नेपाल टेलिकमको सीडीएमए सेवा अब बन्द हुने

    1965   पटक पढिएको

२४ चैत्र /अर्थ र व्यापार - नेपाल टेलिकमको सीडीएमए सेवा अब बन्द हुने भएको छ । टेलिकमले हाल मोवाइल, टेलिफोन र इन्टरनेट डाटाको लागि १८ लाख ७५ हजार ग्राहकलाई सेवा दिइरहेको छ । टेलिकमले यस अघि नै विश्वमा नयाँ प्रविधि र विकास नभएको, नयाँ प्रविधि र अनुसन्धान जीएसएम सेवामा मात्रै भएको तथा सीडीएमएले कुर्नै नयाँ क्रियसन दिन नसक्दा लाभदायी बनाउन नसकेको भन्दै बन्द गर्ने घोषणा गरेको थियो । टेलिकमले ७५ वटै जिल्लामा विस्तार गरिसकेको फोरजी डाटा सेवा सरहको सुविधाको वाइम्याक्स पनि विस्थापित गरिसकेको छ ।

टेलिकमले करोडौं खर्च गरेर विना अनुसन्धान भित्र्याएका यस्ता प्रविधिले टेलिकम आफैंलाई घाटा त लगायो सर्वसाधारणकको विश्वासलाई पनि घटाउने काम गरेको छ । अहिले पनि सीडीएमए सेवा बन्दको घोषणाबाट टेलिकमको सीडीएमए मोवाइल प्रयोगकर्ता १६ लाख १९ हजार १६९ ग्राहक, टेलिफोन प्रयोगकर्ता, १ लाख १९ हजरा ८५१ र इन्टरनेटको लागि डंगोलबाट चलाउने इभिडोका १ लाख ३६ हजार ५७३ प्रभावित हुने भएका छन् । अझै ग्रामिण क्षेत्रमा यो सेवाप्रतिको आकर्षण कम छैन् । त्यसैले त टेलिकमको फिक्स लाइन टेलिफोनको तुलनामा तीन गुणा बढी ग्राहक सीडीएमएका छन् । तत्कालिन समयमा युटीएल, एनसेल र टेलिकमले आफ्नो प्रतिस्पर्र्धा बजार बढाउन ल्याएको यस्तो ग्रामिण तथा इन्टनरेटको पहुँच नहुँदा लाभदायी इभिडो ल्याएका थिए ।

उपयोगि पनि बन्दै गएको यो सेवामा सम्बन्धित कम्पनीले प्रोत्साहन गर्न नसक्दा बजारबाट विस्तारै आउट हुँदै गएका छन् । टेलिकमले पनि आफ्नो सेवालाई बचाउने र दायरा विस्तार गर्ने भन्दा पनि नयाँ प्रविधि नआएको बहानामा विस्थापित गर्न खोज्दै छ । यसबाट असरपर्ने भएपनि टेलिकमले बर्षोको सेवाग्राहिलाई पन्छाउन खोजेको छ । प्राधिकरणले हालै सार्वजनिक गरेको माघ महिनाको तथ्यांकअनुसार टेलिकमको सीडीएमए मोबाइल फोनका प्रयोगकर्ता १६ लाख १९ हजारभन्दा बढी छन्। अघिल्लो माघमा १५ लाख ४७ हजारभन्दा बढी सीडीएमए ग्राहक रहेकोमा एक वर्षको अवधिमा झन्डै एक लाख ग्राहक बढेका छन् ।
टेलिकमले प्रयोग गरिरहेको मोवाइल तथा सीडिएमए नेटवर्कको प्रयोगबाट सन् २०२२ देखि अर्थात अबको साढे २ वर्ष पनि नचल्ने बताएको छ । टेलिकमले सो समयसम्मा आफ्ना ग्राहकलाई हालको सीडीएमए सेवा प्रयोकर्तालाई अन्य नेटवर्कमा सिफ्ट हुन संकेत गरिसकेको छ ।

टेलिकमले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्ने निर्णय गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरण व्यवस्थापनले गत फागुन १४ गते निर्णयका लागि समितिमा सिफारिस गरेको थियो । उक्त सिफारिसको आधारमा समितिले निर्णय गरेको जनाइएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।