logo

प्राथमिक पूँजीको १० प्रतिशतसम्म ‘व्यावसायिक निरन्तरता कर्जा’ दिन राष्ट्र बैंकको निर्देशन 

    2078   पटक पढिएको


१० मंसिर/अर्थ र व्यापार– राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो प्राथमिक पूँजीको १० प्रतिशतसम्म ‘व्यावसायिक निरन्तरता कर्जा’को लागी कर्जा प्रवाह गर्न परिपत्र जारी गरेको छ । 

गत कात्तिक २७ गते मन्त्रिपरिषद्ले स्वीकृत गरेको ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ अनुसार मंगलवार बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा प्रवाह गर्न निर्देशन दिएको हो ।  

सरकारले कोरोनाबाट प्रभावित व्यवसायलाई निरन्तरता दिने उद्देश्यले थप ५० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गर्न लागिएको हो ।

कार्यविधि अनुसार कोभिड महामारीबाट अति, मध्यम र न्यून प्रभावित व्यवसायलाई निरन्तरता दिन सहुलियत ब्याजदरमा कर्जा दिने मापदण्ड तोकेको छ । 

बैंकहरूले कर्जा प्रवाह गर्दा कुल कर्जाको ३० प्रतिशत रकम घरेलु, साना तथा मझौला उद्यमका लागि प्रवाह गर्नुपर्ने छ ।

यस्तो कर्जा प्रवाह गर्दा कर्जा सूचना शुल्कलगायत तेस्रो पक्षलाई भुक्तानी गर्नुपर्ने शुल्कबाहेक अन्य कुनै पनि सेवा शुल्क नलिन राष्ट्र बैंकले निर्देशन दिएको छ । 

राष्ट्र बैंकले यस्तो कर्जाको आवेदन अनलाइन प्रणालीबाट लिनसमेत व्यवस्था मिलाउन तथा  कर्जा प्राप्त गरेका ऋणीहरूको विवरण त्रैमासिक रूपमा वेबसाइटमा समेत प्रकाशित गर्न बैंक तथा बित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । 

कार्यविधिमा कर्जा प्राप्त गर्ने व्यवसायीले आफ्ना कर्मचारीलाई कर्जा अवधिभर रोजगारीबाट हटाउन नहुने उल्लेख गरेको छ।

साथै कार्यविधि अनुसार यस्तो कर्जा कर्मचारी वा श्रमिकको तलब भत्ता भुक्तानी र व्यवसायको निरन्तरताका लागि बाहेक बोनस, इन्सेन्टिभ, बिदाको रकम भुक्तानी तथा अन्य कर्जाको ब्याज तिर्ने प्रयोजनमा खर्च गर्न नपाउने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।