logo

बिहिबारदेखी 'नेपाल जब फेयर–२०२१' सुरु हुँदै, ३ हजारलाई रोजगारी दिने दावी

    1916   पटक पढिएको

२९ पुस/अर्थ र व्यापार– भोली बिहिबारदेखी काठमाडौंको होटल सोल्टि क्राउन प्लाजामा नेपाल जब फेयर–२०२१ सञ्चालन हुँदैछ ।

एस्पायर जब्सले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाता कम्पनीलाई एकै स्थानमा भेला गराउने उद्देश्यले जब फेयर–२०२१ को आयोजना गर्न लागेको हो । फेयरमा एक सय भन्दा बढी रोजगारदाता कम्पनीको सहभागिता रहनेछ ।

आयोजक एस्पायर जब्सले ३ हजार बढीलाई रोजगारी प्रदान गर्ने दावी गरेको छ । फेयरमा भर्चुअल तथा भौतिक रुपमा सहभागी बन्न सकिनेछ ।

कम्पनीले अन्तवार्ताका माध्यमबाट दक्ष कामदार छनौट गर्नेछन् । फेयरमा हस्पिटालिटी, एभियसन, उद्यमशीलता, वैदेशिक अध्ययन लगायत विविध क्षेत्रसँग सम्बन्धित करिअर सेमिनार सेसनहरु चल्नेछन् ।

यस्तै, अशक्त नागरिकहरुका लागी विशेष अवसर रहेको आयोजकले बताएको छ । यस बाहेक कार्यालय सहयोग, रिसेस्सनिष्ट, कल सेन्टर एजेन्ट, डाटा इन्कोडर जस्ता क्षेत्रमा जागिरको अवसर रहेको छ ।

फेयरमा राजनीतिक विश्लेषक एवं अर्थशास्त्री हरि रोका, रोजगार विज्ञ प्रा.डा.रमेशप्रसाद कोइराला, नेपाल विद्युत प्राधिकरकणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ नोट स्पिकरका रुपमा रहनेछन् ।

त्यसैगरी, सिएनएन हिरो अनुराधा कोइराला, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, रोजगारविद् डा. गणेश गुरुङ, बैंकर रविना देशराज श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।