logo

सरकारका लागि राष्ट्र बैंकद्धारा १० अर्बको विकास ऋणपत्र जारी

२ खर्ब २५ अर्ब आन्तरिक ऋण लिँदै सरकार

    1824   पटक पढिएको


१९ असोज/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाइ दिने क्रममा २०८४ सालमा परिपक्व हुने ’विकास ऋणपत्र’ जारी गरेको छ । 

आन्तरिक ऋण उठाइ दिने क्रममा राष्ट्र बैंकले २०८४ सालमा परिपक्व हुने १० अर्बको विकास ऋणपत्र जारी गरेको हो । 

१० अर्ब रुपैयाँको ऋणपत्रको ब्याज दर भने बोलकबोलको माध्यमबाट निर्धारण हुने बैंकले जनाएको छ । यसमा बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थाका साथै सर्वसाधारण सहभागी हुन पाउनेछन् ।

चालु बर्ष २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारीमा सरकार छ । सरकारले गत साताबाट आन्तरिक ऋण उठाउन सुरु गरीसकेको छ ।

सरकारका लागि राष्ट्र बैंकले कात्तिक मसान्तसम्म ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइ दिँदैछ । यसमध्ये राष्ट्र बैंकद्धारा गत असोज १२ गते नै २० अर्ब उठाइसकेको छ । 

कात्तिकसम्म उठाउने कुल ५७ अर्बमध्ये ५० अर्ब विकास ऋणपत्रबाट उठाइने छ । बाँकी ७ अर्ब ट्रेजरी बिलमार्फत उठाइने छ । ३६४ दिने ट्रेजरी बिल असोज २६ गते तीन अर्ब र कात्तिक चार गते ४ अर्बको जारी गरिने छ ।  


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।