logo

विद्युत प्राधिकरणका कर्मचारीहरुद्वारा कार्यालयमा तालाबन्दी

    1307   पटक पढिएको

४ असार / अर्थ र व्यापार - नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले सरुवाको विषयलाई लिएर कार्यालयमा तालाबन्दी गरेका छन् । कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि कर्मचारीहरुले पहिलो पटक प्राधिकरणको कार्यालयमा तालाबन्दी गरेका हुन् । प्राधिकरणले हालै एक हजार पाँच सय ७४ कर्मचारीको सरुवा गरेको थियो । त्यही सरुवाको विषयलाई लिएर कर्मचारीहरुले तालाबन्दी गरेका हुन् ।

तालाबन्दी गर्ने सत्तारुढ दल नेकपा निकटकै कर्मचारी युनियन रहेको छ । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले आफुले सिफारिस गरेअनुसार कर्मचारीको सरुवा नगरेको भन्दै कर्मचारी प्रशासन महाशमखा प्रमुख डोलनाथ कँडेल र कर्मचारी प्रशासन शाखा प्रमुख जमुना खड्काको कार्यकक्षमा तालाबन्दी गरेको एक कर्मचारीले जानकारी दिए । विगतमा आधिकारिक युनियनको चुनावका बेलामा गरिएको सहमतिअनुसार तीन वर्षभन्दा लामो समयदेखि सरुवा हुन नपाएका कर्मचारीलाई कार्य्विधि संशोधन गरी कर्मचारीहरुलाई सरुवा गर्न व्यवस्थापन तयार भए पनि सिफारिसअनुसार नगरी कर्मचारीलाई अपायक हुनेगरी सरुवा गरिएको आन्दोलनरत कर्मचारीको भनाई छ । तर युनियनका संयोजक रामेश्वर पौडेलले भने कर्मचारीको सरुवाका लागि मात्र नभएर प्राधिकरणको हितका विषय समेत उठान गरिएको बताए । प्राधिकरणभित्रका विकृति अन्त्य, ग्राहकलाई सेवा लिन १० वटा कोठा धाउनुपर्ने अवस्थाको अन्त्यका लागि एकद्वार प्रणाली लागू गर्ने जस्ता सुधारका विषय अघि सारेर तालाबन्दी गरिएको उनको भनाई छ । 

समस्या समाधानको लागि पाँच सदस्यीय कमिटी गठन गरिएको छ । मंगलबार कार्यकारी निर्देशक घिसिङ, उपकार्यकारी निर्देशक शान्तिलक्ष्यमी शाक्य र आधिकारिक ट्रेड युनियनका संयोजक रामेश्वर पौडेलले लगायतबीच भएको छलफलपछि पाँच सदस्यीय कमिटी गठन गरिएको हो । पछिल्लो समय देखिएको विवाद तीन दिनभित्र सल्टाउने कार्यदेश कमिटीले पाएको छ । 
विद्युत प्राधिकरण कार्यालयमा कर्मचारीले तालाबन्दी गरिरहँदा उर्जामन्त्री वर्षमान पुन भने संसदीय समितिमा बुढीगण्डकीबारे स्पष्टिकरण दिँदै थिए । त्यहाँ पनि उनले कुलमान विरोधीहरुलाई नै सहयोग पुग्नेगरी डेडिकेटेट र ट्रंक लाइनको विद्युत बक्यौताबारे संसदहरुको प्रश्नको जवाफ दिँदै प्राधिकरणको गल्ती भएको बताएका थिए । प्राधिकरण सञ्चालन समितिले सो विषयमा छानविनका लागि समिति गठन गरेकोले त्यसको प्रतिवेदन आएपछि मात्र आफु बोल्ने मन्त्री पुनको भनाई थियो । उनले भने, ‘बक्यौता उठान मन्त्रालय र प्राधिकरण दुवैको केही कमिकजोरी भएको छ । पूर्वमन्त्री र प्राधिकरण प्रमुखहरुले वास्ता नगरेकाले अहिले समस्या आएको हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।