logo

विद्युत प्राधिकरणद्वारा इन्टरनेट तथा केबल टिभी सेवा प्रदायकलाई ७ दिनभित्र पोलभाडा सम्झौता गर्न सूचना जारी

    1608   पटक पढिएको

२० असार / अर्थ र व्यापार- इन्टरनेट तथा केबल टिभी सेवा प्रदायकलाई नेपाल विद्युत प्राधिकरणले सात दिनभित्र पोलभाडा सम्झौता गर्न सूचना जारी गरेको छ । एडिएसएस अप्टिकल फाइबर केबल सेवा सञ्चालन निर्दे्शिका २०७३ अनुसार इन्टरनेट, टेलिफोन तथा केबल टिभी सेवा प्रदायकहरुले प्राधिकरणको पोलरटावर प्रयोग गर्न अनिवार्य रुपमा पोलभाडा सम्झौता गर्नुपर्ने उल्लेख छ। अहिले सम्म पनि पोलभाडा सम्झौता नगर्ने सेवा प्रदायकले असार २६ गतेभित्र सम्बन्धित स्थानीय वितरण केन्द्रमा गएर सम्झौता गर्न प्राधिकरणले सूचना जारी गरेको हो।

सेवा प्रदायकले प्रयोग गर्ने पोलको संख्या, तारको मोटाई (कोर) खुल्ने गरी सेवा सञ्चालनको स्वीकृति लिन र अहिलेसम्म बाँकी रहेको पोलभाडा बुझाउन प्राधिकरणले ताकेता गरेको हो। स्वीकृति नलिइ सेवा दिने कम्पनीलाई नियमअनुसार कारबाही गर्ने प्राधिकरणले उल्लेख गरेको छ। गत चैत्र मसान्त सम्म पोलभाडा सम्झौता गर्न इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरेकोमा एनसेलले मात्र पोलभाडा सम्झौता गरेको थियो। नेपाल टेलिकमले सम्झौताको लागि तयार भएपनि अहिलेसम्म टुंगो भने लागेको छैन।त्यही बेलामा अरु सेवा प्रदायकले भने सम्झौंता नगर्ने अडान राखेका थिए। प्राधिकरणले तार काट्ने चेतावनीपछि इन्टरनेट सेवा प्रदायकको संस्थाले राजनीतिक दबाब सिर्जना गरेपछि यो मुद्दा केही पछि सरेको थियो।

प्राधिकरणले नयाँ निर्दे्शिका अनुसार तारको मोटाई अनुसार प्रति किलोमिटर प्रति महिना एक हजार दुई सय, एक हजार नौ सय र दुई हजार सात समय रुपैयाँ सम्म भाडा तय गरेको थियो। सेवा प्रदायक कम्पनीले भने भाडा ५०० प्रतिशतसम्म वृद्धि गरिएको भन्दै तिर्नै नसक्ने दावी गर्दै आएका छन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।