logo

वित्तीय सूचना अनलाइन मिडियामा प्रकाशन गर्न पाउने व्यवस्था गर्न इम्सनको माग

    1586   पटक पढिएको

२३ फागुन/ अर्थ र व्यापार  - बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपाललाई इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले भेटगरि मिडिया क्षेत्रले भोग्दै आएका समस्याहरुबारे अवगत गराएको छ । साथै पाठकहरु अनलाइन मिडियातर्फ केन्द्रीत हुँदै गएकोले वित्तीय सूचनाहरु अनलाइन मिडियाहरुमा प्रकाशन गर्न पाउने व्यवस्था गर्न इम्सनले माग गरेको छ ।

इम्सनले मुलुकमा आर्थिक गतिविधि बढाउन इकोनोमिक मिडियाहरुको विशेष भूमिका रहेकोले राज्यको नीतिले त्यस्ता मिडियाहरुलाई न्यायोचित व्यवहार गर्न नसकेको विषय अवगत गराएको हो । इम्सनका अध्यक्ष रामकृष्ण पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विशेष गरी पाठकहरुसम्म छिटो छरितो सूचना प्रवाह गर्ने सशक्त माध्यम बनेका अनलाइन मिडियाहरुको आवश्यक र महत्व बढेकोले यस्ता मिडियामैत्री सरकारी नीति बन्नुपर्नेमा जोड दिएको छ ।

वित्तीय साक्षरता वृद्धि गर्न, वित्तीय बजार विस्तारमा सघाउन इकोनोमिक मिडियाको ठूलो भूमिका रहेकाले यस्ता कार्यक्रम संचालन गर्दा बैंक तथा वित्तीय संस्था र इकोनोमिक मिडियाबीच सहकार्य हुनुपर्नेमा इम्सनले जोड दिएको छ । साथै, अनलाइन मिडिया डोमेन दर्ता तथा नविकरण गर्दा, होस्टिङ गर्दा लाग्ने विदेशी मुद्रा उपयोगमा भइरहेको असुविधाप्रति ध्यानाकर्षण गराएको छ ।

भेटघाटको क्रममा गर्भनर नेपालले इकोनोमिक मिडियाहरुको आवश्यक र महत्व आफूले बुझेको बताउँदै यस्ता मिडियाहरुको समस्या समाधानका लागि राष्ट्र बैंकले सहयोग गर्ने बताए । उनले मिडियाहरुमा आधार र प्रमाणविना सत्यहिन समाचार प्रकाशित गर्ने प्रवृत्ति रहेको सुनाउँदै यसमा सुधार गरी स्वस्थ र व्यवसायिक ढंगले अघि बढ्न जरुरी रहेको बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।