logo

वस्तु विनिमय बजार सञ्चालन गर्न आवेदन दिएका ५ वटा कम्पनी अयोग्य ठहर

    1933   पटक पढिएको

९ बैशाख /अर्थ र व्यापार - धितोपत्र बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्न आवेदन दिएका ५ वटा कम्पनीलाई एक वर्षपछि अयोग्य भएको जनाएको छ । बोर्डका अनुसार यसअघि वस्तु विनिमय बजार सञ्चालनका लागि आवेदन दिएका कमोडिटी फ्यूचर एक्सप्रेस (सिएफएक्स),नेपाल कमोडिटी एनसीडीएक्स), नेपाल मर्कन्टाइल (नेक्स), राइजल कमोडिटी (आरसीडीएक्स) र मल्टी डेरिभेटिभ एक्सचेन्ज (एमडेक्स) अयोग्य भएका छन् ।

बोर्डका अनुसार वैशाख २ गते सोमबार बसेको बोर्ड बैठकले आवेदन दिएका ५ कम्पनीलाई अयोग्य घोषणा गर्दै आवेदन रद्द गर्ने र नयाँ दुई वटा कम्पनीको लागि मात्र आवेदन माग्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार यति बेला बोर्ड नयाँ आवेदन माग्ने दुई कम्पनीका लागि मापदण्ड तयारी गर्ने कार्यमा जुटेको छ । बोर्डको प्रवक्ता निरज गिरीले नयाँ कम्पनीको आवेदन खुलाउँदा कसरी खुलाउने भनेर मापदण्ड बनाउन बोर्ड जुटिरहेको बताए ।

अहिले पुराना ५ वटा कम्पनी पूर्ण खारेज भएर नयाँ कम्पनीको लागि आवेदन खोली नसकेको र नयाँ कम्पनी खोल्नका लागि मापदण्ड निर्माण गर्ने कार्य भइरहेको बताए । केही दिनमा नै बोर्डले सबै कुरा सार्वजनिक गर्ने उनको भनाई छ । बोर्डले यसअघि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक वासुदेव अधिकारीलाई आवेदन दिएका ५ कम्पनीको अध्ययन गर्न जिम्मेवारी दिएको थियो । अधिकारीले दिएको अध्ययन प्रतिवेदन अनुसार ५ वटा कम्पनीको आवेदन रद्द गरी नयाँ कम्पनीसँग आवेदन माग्ने तयारी भइरहेको बोर्डले जनाएको छ ।

बोर्डमा आवेदन दिएका कम्पनीमध्ये योग्यलाई समयमा नै बजार सञ्चालनका लागि अनुमति नदिएका कारण अहिले नयाँ आवेदन माग्नु पर्ने अवस्था आएको जानकारहरुले बताउन थालेका छन् । बोर्डको गैर जिम्मेवारी पनका कारण आवेदन दिएका कम्पनीहरुको आवेदन खारेज हुने अवस्था आएको जानकारहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।