logo

नेपाल र भारत वाणिज्य सन्धीमा जलमार्गलाई  ट्रेड रुटमा समावेश गर्न सैद्धान्तिक सहमती

    1500   पटक पढिएको

२७ माघ /अर्थ र व्यापार - नेपाल र भारत वाणिज्य सन्धीमा ईनल्याण्ड वाटरवेज अर्थात जलमार्ग दिनका लागि भारत सहमत भएको छ । वाणिज्य सन्धी पुनरावलोकनका लागि पोखरामा बसेको द्धिपक्षीय बैठकमा जलमार्गलाई पनि ट्रेड रुट (व्यापारिक मार्ग)मा समावेश गर्न सैद्धान्तिक सहमती भएको हो । 
यसअघि ट्रेड रुटमा सडक र रेलमार्ग मात्रै थिए । जलमार्गलाई ट्रान्जिटी ट्रिटिमा राख्ने र ट्रेड रुट डिफाइन गरेर जलमार्ग प्रयोग गर्ने विषयमा भारत सहमत भएको वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैँजुले जानकारी दिए । वाणिज्य सन्धी पुनरावलोकन गर्नका लागि पोखरामा बिहीबार र शुक्रबार छलफल भएको थियो । बैठकको नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर शैजु र भारतका वाणिज्य सहसचिव भुपेन्द्र भल्लाले नेतृत्व गरेका थिए ।

सैँजुले वाणिज्य सन्धीमा दुईवटा विषयलाई विशेष जोड दिईएको बताए । उनका अनुसार पहिलो अहिलेको वाणिज्य सन्धिमा केही प्रोभिजनहरु सुधार र समसामयिक बनाउन एउटा एउटा विषयमा डिटेलमा छलफल गरिएको थियो । यसैगरी निर्यातमा केहि सुविधाहरु पाए यहाँका उत्पादनसँग सम्बन्धी उद्योगहरु बढाउने विषयमा पनि छलफल भएको थियो ।  उद्योगको उत्पादन बढाउन सकिए व्यापारघाटाको असन्तुलन कम गराउन सकिने सैँजुले जानकारी दिए । भारतसंगको व्यापार घाटा अत्यन्त बढ्दो छ ।

त्यस्तै भ्यालु एड ३० प्रतिशतबाट घटाएर २० प्रतिशत बनाउन नेपालले प्रस्ताव गरेको छ । भारतीयले यसमा सकारात्मक प्रतिक्रिया दिएका छन् । त्यसै गरी कच्चापदार्थ तेस्रो मुलकबाट ल्याउनुपर्ने नीतिका विषयमा पनि पुनरावलोकन गर्ने विषयमा समेत छलफल भएको सैँजुले जानकारी दिए । व्यवसायीले पनि कच्चापदार्थ भारतबाट  ल्याउन पाए उत्पादनको लागत कम हुने भन्दै आएका थिए ।

भन्सारका महानिर्देशकको बैठकमा पाँचवटा नयाँ नाका खोल्ने विषयमा निर्णय भैसकेको  छ । सो कुरालाई मध्यनजरमा राखेर नयाँ नाका खोल्ने विषयमा अध्ययन अघि बढाउने पनि सहमती भएको छ । त्यसैगरी भन्सार विन्दुलाई सहजीकरण गर्ने, पूर्वाधारको विकास गर्ने लगायतका विषयमा छलफल भएको छ । अहिले रहेको भन्सार प्रक्रिया सहजीकरण गर्नका लागि दुवै पक्ष  सहमत भएका छन् । अहिले झन्झटिलो भन्सार प्रक्रियाका कारण  खासगरी नेपाली सामान निर्यातमा समस्या हुने गरेको छ ।

भन्सारमा रहेका ल्याबहरुलाई भारतले मान्यता दिँदैन । उनीहरुकै ल्याबमा टेष्ट गराउनुपर्ने अवस्था छ । नेपाली ल्याबलाई पनि भारतकै सरह मान्यता दिनुपर्ने नेपालले प्रस्ताव गरेको छ । अरु धेरै विषयमा छलफल भएको सैँजुले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।