logo

पुरानै गन्तव्यमा सीमित उडान भर्दै आएको नेपाल वायु सेवा निगमद्वारा चैत भित्र थप चार देशमा उडान शुरु गर्ने तयारी

    1662   पटक पढिएको

६ पुस /अर्थ र व्यापार 
नेपाल वायु सेवा निगमले आउँदो चैत भित्र थप चार देशमा उडान शुरु गर्ने तयारी गरेको छ । निगमले साउदी अरेबिया, कोरिया, जापान र चीनमा उडान गरेको तयारी गरेको हो । यसमध्ये पहिले जापानमा उडान शुरु गर्ने गरी तयारी भइरहेको निगमले स्रोतले जानकारी दियो ।

ओसाकामा फागुन मध्यमै उडान थाल्ने गरी तयारी भइरहेको र चैत मसान्त सम्म दुई ठाउँमा शुरु भइसक्ने स्रोतले बताएको छ । निगमले जापानको ओसाका र चीनको ग्वान्जाउलाई प्राथमिकता राखेर तयारी गरिरहेको छ । यी दुई गन्तब्यमा चैतभित्रै उडान शुरु गरिसक्ने स्रोतको दाबी छ । बजार बुझ्न, मुल्याकंन गर्न कर्मचारी खटाइसकेकोले तयारी तीव्र  प्रक्रियामा अगाडि बढाइएको साथै जिएसए छनोट कार्य भइरहेको , निगमका एक अधिकारीले बताए ।

करोडौं खर्चेर भित्र्याइएका वाडइबडी जहाजले नयाँ गन्तब्य नपाएपछि निगमले बजार हिस्सासमेत गुमाउँदै गएको छ । असारमा भित्र्याइएको एयरबस वाइडबडी ए–३३० ले समेत नयाँ गन्तब्य पाएको छैन । यसले पुरानै गन्तव्यमा सीमित उडान भर्दै आएको छ । निगमले बोइङ ७५७, एयरवस ३२० र वाइड बडी ए ३३० मार्फत विभिन्न सेक्टरमा दैनिक औसत ५.५७ उडान गर्दै आएको छ ।

निगमका अनुसार नयाँ दिल्लीमा हप्तामा १०, दोहा र दुबईमा समान सात उडान तथा हङकङ, क्वालालम्पुर, बैंकक, मुम्बई र बेंग्लोरमा हप्तामा समान तीन उडान गरी जम्मा ३९ उडान गर्दै आएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।