logo

एनसेलले देशका ६ शहरमा मेला आयोजना गर्ने, भ्रमण वर्ष २०२०सँगै ब्राण्ड प्रोमोसन गर्ने लक्ष्य

    1679   पटक पढिएको

१२ मङ्सिर / अर्थ र व्यापार  - एनसेलले देशको विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला गर्ने भएको छ। मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा आयोजना गर्ने कम्पनीले जनाएको छ। एनसेलले यो मेला आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप आयोजना गर्न लागेको हो। भ्रमण वर्षलाई सघाउन मेला गर्न लागेको कम्पनीले जनाएको छ।

चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुती, किड्स जोन, गेम स्टलहरु र फुड स्टलहरुसँगै विविध मनोरञ्जनात्मक कार्यक्रमसहितको मेला इटहरीबाट सुरु हुनेछ। मंसिर २८ गते इटहरीको जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा मेला हुनेछ भने मंसिर ३० गते बिर्तामोडस्थित सुगम पेट्रोल पम्पको मैदान,   पुस ३ गते जनकपुरको बाह्र विघा मैदान र  पुस ५ गते वीरगंजको आदर्शनगर रंगशालामा आयोजना गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पुस ९ गते धनगढीको सुदुर पश्चिमाञ्चल एसपी चौकी मैदानमा आयोजना हुनेछ भने पुस १२ बुटवलको सिद्घेश्वरी स्कुल मैदान दीपनगरमा आयोजना पछि समापन हुने कम्पनीले जनाएको छ। यी ६ वटै शहरहरुमा मेला १० बजे शुरु भई कम्सर्ट सहित साँझ ७ बजे सम्म चल्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार गीत–संगीत, किड्स जोन, डिजिटल जोन देखि विभिन्न फिजीकल एक्टिभिटी बुथहरु, स्थानीय पर्यटन गन्तव्यहरुको प्रवर्धन गर्नेछ। मेलामा एनसेलका विभिन्न सेवा तथा सुविधाहरुमा आर्कषक अफर र उपहारहरु राखिएको विज्ञप्तिमा उल्लेख छ।

मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिन पाउने कम्पनीले जनाएको छ। मेलामा गायकहरु दीपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालिप्रसाद बाँस्कोटा, मेलिना  राई, टीका प्रसाईँ, कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुती दिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार वीरगंज र जनकपुरमा भोजपुरी गायक सुनिल पण्डितको पनि प्रस्तुती रहनेछ भने उद्घोषण कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यले गर्नेछन् ।     

किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाईला गेम हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार युवाहरुका लागि पनि विभिन्न आकर्षक गेमहरु जस्तै पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रो र अन्य थुप्रै कार्यक्रमहरु रहनेछन् ।

एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजा दिदै आकर्षक पुरस्कारहरु जित्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।