logo

नौविसे–नागढुंगा सुरुङमार्गको जग्गा अधिग्रहण प्रक्रिया अगाडी बढ्यो, मुआब्जाका लागि सूचना जारी 

    2334   पटक पढिएको

२६ आषाढ/अर्थ र व्यापार– नौविसे–नागढुंगा सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको छ । जापान सरकारको करिव १५ अर्ब रुपैयाँ अनुदान सहयोगमा आगामी चार बर्ष भित्रमा यस सुरुङमार्गको निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको छ । 

आयोजनाले साविकको चन्द्रागिरी नगरपालिका (साविकका महादेवस्थान,बलम्वु,दहचोक र थानकोट गाविस)का वडा न१,३,४,५,७ र १२ अधिग्रहणमा पर्ने जग्गाधनीले जग्गाधनी प्रमाणपुर्जा,तिरो तिरेको रसिद,वडारनगरपालिकाको सिफारिस,नागरिकताको प्रतिलिपी,प्रमाणपत्र सहित आयोजनाको कार्यालय ज्वागलमा रकम बुझ्न आग्रह गरेको छ । 

सुरुङमार्ग बनाउने ठाउँमा संस्था र व्यक्तिको गरि ४ सय ३७ जग्गाधनीको जग्गा छ ।
आयोजनाका लागि २ सय ६७ रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ । यो क्षेत्रमा जग्गाको प्रकृति हेरेर ९ देखि ४२ लाख रुपैयाँ प्रतिआनासम्म पर्छ ।

अहिले जापानी अन्तर्रा्ष्ट्रिय सहयोग नियोग(जाइका)ले यो सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पारिसकेको छ।अहिले यो प्रतिवेदन माथि थप अध्ययन भैरहेको सडक विभाग वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।
 महाशाखाका अनुसार अहिले उक्त डिपिआर जाइकाले अध्ययन गरिरहेको छ । जाइकाले उनीहरुको रिक्वायरमेन्ट अनुसार हेरेर थपघट गर्छ’उनले भने, जाइकाबाट नो अब्जेक्स लेटर पाएपछि मात्रै टेण्डर प्रक्रियामा जान सकिने महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।

सुरुङमार्ग नागढुङगा–नौविसे सडकखण्ड अन्तर्गत थानकोट नजिकैक वस्नेतछापदेखि सिस्नेखोला २.७ किलोमिटरको हुनेछ ।सुरुङमार्गको पुर्वीद्धार नागढुङगाको फेदीमा पर्ने बस्नेतछापमा हुनेछ भने पश्चिमद्धार सिस्नेखोलामा रहनेछ । थानकोट देखि बस्नेतछाप २.६ किलोमिटर पुर्वीद्धारसम्म पुग्ने पहुचमार्ग निर्माण हुनेछ ।

सुरुङमार्गले नागढुङगाबाट घुमेर जाने बाटोमा लाग्ने ८ किलोमिटर बाटो छोट्याउने छ भने यात्रुको ३० मिनेट समय बचत गर्ने छ । 
जाइकाले तयार पारेको डिपिआर अनुसार सुरुङमार्गको चौडाई साढे ९ मिटरको हुनेछ । सुरुङमार्ग तीन लेनको हुनेछ । ३.५–३.५ मिटरको लेन हुनेछ । 

सवारीसाधन आउन जानका लागि दुईवटा लेन प्रयोग हुनेछन् । वीचमा २.५ मिटरको लेन सुरुङमार्ग भित्र गाडी विग्रिए वा समस्या आएमा साइड लगाउन र बाहिर निकाल्नका लागि प्रयोग गरिने छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।