logo

चाईना सेल्स मिसनमा २० नेपाली कम्पनी सहभागि हुने

    2141   पटक पढिएको

३० चैत्र / अर्थ र व्यापार- विगतका वर्षहरुमा नेपाल पर्यटन वोर्डको संयोकत्वमा गरिँदै आएको चाईना आउटबाउण्ड ट्राभल एण्ड टुरिजम मार्केट (कटम) सहित नेपाल चाईना सेल्स मिसन नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स नाट्टाको संयोजनमा हुने भएको छ । 

यसवर्ष चीनको बेईजिङ,सांघाई,सेनजेन र चेङदुमा हुने हुने चाईना सेल्स मिसनमा संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाको नेतृत्वमा दश नेपाली पर्यटन सेवा प्रदायक कम्पनीले र चाईना सेल्स मिसनमा बीस कम्पनी सहभागी हुने नाट्टाका कार्यसमिति सदस्य तथा नेपाल चाईना सेल्स मिसन–२०१८ का संयोजक सुदर्शन नेपालले वताए । सेल्स मिसन वारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चिनियाँ पर्यटन व्यवसायिहरुसंग प्रत्येक सहरमा बि टु बि,प्रस सम्मेलन र फ्ल्यास मुभ सिस्टममा नेपाली पोशाक लगाएर नेपालको झण्डा फहराउँदै झाँकी सहितको मार्च पास गरिने कार्यक्रम रहेको नेपालले वताए ।

नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले चीन नेपाल आउने पर्यटकहरुको संख्याका दृष्टिकोणले दोस्रो ठूलो वजार रहेको वताउँदै नेपाल र चीन विचका सवै नाकाहरु खेल्न जरुरी रहेको वताए । त्यसो हुन सकेको खण्डमा नेपाल आउने चीनियाँ पर्यटकहरुको संख्यामा उल्लेख्य वद्धि हुने पाण्डेको भनाई थियो । यसपटक चाईना सेल्स मिसनलाई प्रभावकारी वनाउन बेईजिङ स्थित नेपाली दुतावासको सहयोगमा नयाँ नयाँ कम्पनीहरुलाई निमन्त्रणा गरिएको र यसपटकको मिसन प्रभावकारी हुने अपेक्षा व्यक्त गरे ।  
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।