logo

सापकोटाले पत्रकारमाथि दूरव्यवहार गरेको भन्दै नाटोजको भत्र्सना

    2107   पटक पढिएको

२६ असार / अर्थ र व्यापार- हिमालयन सोसियल जर्नी ट्रेक्सका सञ्चालक रामप्रसाद सापकोटाले पत्रकारमाथि दूरव्यवहार गरेको भन्दै राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले आपत्ति जनाएको छ । नाटोजले एक प्रेस विज्ञप्त जारी गरी आपत्ति जनाएको हो । 

सापकोटाले आफ्नो कर्तुत ढाकछोप गर्ने  नियतले विभिन्न किसिमका हर्कत गरिरहेको र पत्रकारमाथि अपमानजनक व्यवहार गरेको भन्दै नाटोजले घोर भत्र्सना गरेको छ । नाटोजका केन्द्रीय अध्यक्ष शिव अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तीमार्फत  ‘फेक हेलिकोप्टर रेस्क्यू’ गरेको अभियोगमा संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयद्धारा गठित छानविन समितिको लिष्टमा परेको हिमालयन सोसियल जर्नी ट्रेक्सका सञ्चालक रामप्रसाद सापकोटाले पत्रकारमाथि गरेको दूरव्यवहारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा सापकोटाले पटक पटक पत्रकारलाई प्रलोभनमा पार्न खोज्ने र प्रलोभनमा पार्न नसकेपछि धम्क्याउने गरेको पाइएको उल्लेख गरिएको छ ।  

सापकोटाले ‘मैले भनेको नमान्ने ? तिमीले के गर्न सक्छौं गर’ भनेर थर्काउने अनि विभिन्न अपच शब्दसमेत प्रयोग गर्ने गरेका छन’ विज्ञप्तीमा लेखिएको छ । यस्तै हर्कतहरु दोहोरिदै गए नाटोजलाई सह्य नहुने अध्यक्ष अधिकारीले चेतावनी दिए ।

घटनाको बारेमा निस्पक्ष एवं प्रभावकारी छानविन गरी सत्य, तथ्य कुरा बाहिर ल्याउन नदिने नियतले यस्तो गतिविधि भएको ठहर गर्दै नाटोजले यसप्रति सजक रहन सबैलाई आग्रहसमेत गरेको छ । नाटोजले फेक रेस्क्यूको कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सिंगो पर्यटनको बारेमा नकारात्मक सन्देश प्रवाह भइरहेकाले अबिलम्ब छानविन गरी सत्य, तथ्य सार्वजनिक गर्न आग्रहसमेत गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।