logo

१२ औं राष्ट्रिय जनगणना २०७८ जेठ २५ देखि

    2034   पटक पढिएको


२४ कात्तिक/अर्थ र व्यापार– ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं राष्ट्रिय जनगणना आगामी वर्ष २०७८ जेठ २५ देखि असार ८ सम्म हुने भएको छ । 

केन्द्रिय तथ्यांक विभागले सोमबार एक कार्यक्रम गर्दै ७० लाख घरपरिवारमा पुगेर जनगणना गर्ने जानकारी दिएको हो । 

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले मुलुक संघीयतामा गएपछिको पहिलो जनगणना भएकाले विश्वसनीय तथ्यांक तयार गर्नका लागी गणकले प्रत्येक घरधुरीमा गएर तथ्यांक संकलन गरिने बताए । 

महानिर्देशक श्रेष्ठले केही दिनमै गणक कर्मचारी छनोटका लागि विज्ञापन खुलाउने भन्दै केही महिनाको तालिम दिएर जनगणनाका लागि तयार पारिने बताए ।  

यसपटक प्रत्येक घरधुरीको आर्थिक विवरण, कृषि र पशुपक्षी गणना पनि लिइने छ । गणनाका लागि फारम छपाइ भइसकेको पनि विभागले जनाएको छ । 

१२ औं राष्ट्रिय जनगणनाका लागि विभागले ८० वटा प्रश्न तयार गरेको छ । घरपरिवार तथा लगतसम्बन्धी २५ वटा प्रश्न सोधिने भएको छ । मुल प्रश्नावलीमा विभिन्न ५५ वटा प्रश्न सोधिने भएको छ । यो पटक वडाको आर्थिक क्षमताको समेत खोजी गरिँदै छ । 

महानिर्देशक श्रेष्ठका अनुसार वडामा राजस्व संकलनको स्रोत, कृषि उपज, तथा गैरकृषि उत्पादन र निकासीको अवस्था, वडाको आम्दानीको स्रोत, आर्थिक पूर्वाधारको अवस्था, सेवा–सुविधाको पहुँच, विपदसम्बन्धी विवरण समेत संकलन गरिने भएको छ ।

राष्ट्रिय जनगणना २०६८ को वृद्धिदरलाई आधार मानेर गरिएको अनुमानमा अहिले ७० लाख परिवारमा ३ करोड १ लाख ४२ हजार २ सय ६६ जनसंख्या रहेको छ ।

विभागले जनगणनाका लागि केन्द्र प्रदेश र स्थानीय तहसम्म समन्वय गर्ने तयारी छ । साथै, प्रदेश जनगणना कार्यालय स्थापना गर्ने समेत तयारी गरेको छ ।

जनगणनाका दौरान देशभर ४३ हजार गणक घरघरमा पुगेर तथ्यांक संकलन गर्ने भएको छन् । उनीहरुको समन्वयका लागि ९ हजार सुपरीवेक्षक कर्मचारी खटाउन लागिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।