logo

मुग्लिनमा निर्माणाधीन दोस्रो नमुना आर्क ब्रिज बैशाखदेखि संचालनमा आउने

    1549   पटक पढिएको

१७ फागुन/ अर्थ र व्यापार - पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिनमा निर्माणाधीन नेपालकै दोस्रो नमुना आर्क ब्रिज बैशाखदेखि संचालनमा आउने भएको छ । फागुनमा निर्माण पूरा गरेर फागुन संचालनमा ल्याउने लक्ष्य राखिएको पुल दुई महिना ढिलो गरी संचालनमा ल्याउन लागिएको हो । 

चैत मसान्तसम्म संरचना निर्माण सक्ने र बैशाख १ गतेबाट संचालन ल्याउने तयारी रहेको पुल महाशाखा प्रमुख दिपक भट्टराईले जानकारी दिए । उनका अनुसार अधिकांश संरचना तयार भैसकेको छ । अहिले ब्रिजमा ढलान भैरहेको छ । केही दिनभित्रै ढलान सकिने पुल महाशाखाले जनाएको छ । ढलान सकिएपछि रेलिङ हाल्ने,एप्रोच रोड बनाउने लगायतका काम सुरु गरिने छ । चैतसम्ममा ब्रिज तयार पार्ने र बैशाखमा उद्घाटन गरेर संचालनमा ल्याईने भट्टराईले जानकारी दिए । मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसि मोटरेवल आर्क ब्रिज पुरा भएपछि दुईतर्फी आवगमनमा सहज हुने अपेक्षा गरिएको छ ।

विश्व बैंकको १२ करोड रुपैयाँ लागतमा यो पुल निर्माण गर्न लागिएको हो । १ सय ६० मिटर लामो पुल ११ मिटर चौडाईको हुनेछ । २०७१ सालबाट निर्माण सुरु गरिएको थियो । चीनमा पढेर आएर नेपाली इन्जिनियरहरुले डिजाईन गरेको दोस्रो आर्क ब्रिज हो । पहिलो चोभारमा ट्रायलका रुपमा निर्माण गरिएको छ । निर्माण सम्पन्न भएपछि नेपाली इन्जिनियरहरुले पनि आर्क ब्रिज डिजाईन गरेर निर्माण गर्न सक्छन् भन्ने सावित हुने छ ।

आर्क ब्रिज सामान्य पुलभन्दा तुलनात्मक रुपमा बलियो र टिकाउ मानिन्छ भने लागत समेत कम लाग्छ । आर्क ब्रिजमा सवारीसाधनले उत्पन्न गर्ने कम्पन शून्य बराबर हुन्छ । यो पुल अफ्ठेरा ठाउँहरुमा सहजै निर्माण गर्न सकिने प्रकृतिको हुन्छ । पहाडका अफ्ठेरा ठाउँहरुमा निर्माण गर्न सामान्य पुलको तुलनामा सहज हुने भएकाले यो डिजाईन र प्रविधि नेपालमा उपयोगी मानिएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।