logo

आर्थिक पत्रकारलाई बैंकिङ क्षेत्रसँग सम्बन्धीत विषयमा एनबीआइले तालिम दिने सम्झौता

    1424   पटक पढिएको

१३ चैत्र /अर्थ र व्यापार  - नेशनल बैंकिङ इस्टिच्यूट (एनबीआइ) र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) बीचमा मंगलबार सम्झौता भएको छ । आर्थिक पत्रकारलाई बैंकिङ क्षेत्रसँग सम्बन्धीत विषयमा एनबीआइले तालिम दिने सम्बन्धी सम्झौतामा मंगलबार नाफिजका बरिष्ठ उपाध्यक्ष इन्द्र बानिया र एनबीआइका प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका थिए ।

एक वर्षसम्म एनबीआइले गर्ने विभिन्न गोष्टि तथा छलफलहरुमा नाफिजका एक जना सदस्यलाई सहभागी गराउने सम्झौतामा उल्लेख छ । त्यस्तैगरि, एनआबीआइले उपलब्ध गराउने विभिन्न एएमएलर सिएफटी लगायतका अनलाइन तालिमहरुमा तीन वर्षसम्म हरेक वर्ष २५ जनालाई सहभागी गराउने सम्झौता भएको छ ।

त्यस्तै आवश्यकता अनुसारका तालिमहरु एनबीआइको सहकार्यमा नाफिजको आवश्यकता अनुसार आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन सहमति भएको छ । नेपालको बैकिङ क्षेत्रको बारेमा साक्षार बनाउन एनबीआइ सधै तत्पर रहेको र आर्थिक पत्रकारहरुको सस्था नै एनबीआइसँग सहकार्य गर्न आउदा अझ सहज भएको एनबीआइका प्रमुख कार्यकारी अधिकृत सुब्बाले बताएका छन् । त्यस्तै सोहि कार्यक्रममा नाफिजका बरिष्ठ उपाध्यक्ष बाँनियाले आर्थिक क्षेत्रमा कलम चलाइरहका पत्रकारहरुले लेख्ने समाचार सहि र तथ्य परक बनाउन तालिमको आवश्यकलाई एनबीआइले पुरा गर्ने धारण व्यक्त गरे ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।