logo

सुस्त विकास खर्चको गति, पाँच महिनामा १० प्रतिशत मात्रै खर्च, भेटिएला त लक्ष्य? 

    1882   पटक पढिएको


१ पुस/अर्थ र व्यापार– चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारले कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेकोमा पाचौं महिनासम्म पूँजीगत (विकास) खर्च जम्मा १०.१८ प्रतिशत मात्रै भएको छ।

महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार सरकारले आवको पाँचौ महिना (मंसिर मसान्त)सम्म पूँजीगत खर्च मात्र ३५ अर्ब ९४ करोड १७ लाख रुपैयाँ भएको देखिएको हो । यसले सरकारी विकास खर्चको गति निकै सुस्त देखिएको हो ।

चालु आवमा सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट खर्चको लक्ष्य राखेको छ । त्यसमध्ये पाँच महिनामा चालु खर्च २ खर्ब ८० अर्ब ७४ करोड २८ लाख रुपैयाँ भएको छ । पाँचौ महिना बितिसक्दा कूल बजेट खर्च २२.२७ प्रतिशत पुगेको छ ।

यो रकम कुल लक्ष्यको २९.५८ प्रतिशत हो । यस अवधिमा वित्तीय व्यवस्थातर्फ ६.८१ प्रतिशत रकम खर्च भएको छ ।

अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको चौमासिक समीक्षामा कोरोना भाइरसको संक्रमणका कारण विकास निर्माणका काम प्रभावित हुँदा यसको असर पूँजीगत खर्चमा परेको  जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।