logo

मपविविको अपरिपक्व निर्णय, एक महिनामै सेमेष्टर सक्ने, ६० पूर्णाङ्कको परीक्षालाई ८ घण्टा समय 

    1691   पटक पढिएको


५असोज/अर्थ र व्यापार– सामान्यतय विश्वविद्यालय तहमा १०० पूर्णाङ्कको परिक्षाको लागि ४ घण्टाको समय हुन्छ । तर मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले भने सातौं सेमेस्टरका विद्यार्थीहरुको ६० पूर्णाङ्कको परीक्षाको लागि ८ घण्टा समय तोकेको छ ।

मध्यपश्चिम विश्वविद्यालय(मपविवि)को परीक्षा सम्बन्धी निर्देशिकामा अनुसार इन्जिनियरिङतर्फ सातौं सेमेस्टरको ६० पूर्णाङ्कको परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ भने प्रश्नको उत्तर लेखेर अपराह्न ४ बजेभित्र बुझाइसक्नुपर्ने निर्देशिकामा उल्लेख छ । 

यतिमात्र नभई मध्यपश्चिम विश्वविद्यालय(मपविवि)ले अढाई महिना भित्रै २ वटा सेमेस्टर सकाउने अपरिपक्व निर्णय गरेको छ । सातौं सेमेस्टरको परीक्षा असोज १७ गतेबाट सुरु गरेर कात्तिक ६ गते सकिने तालिका सार्वजनिक गरेको विश्वविद्यालयले भदौ ३० गते निकालेको एक सूचना अनुसार आठौं सेमेष्टरका सबै परीक्षाहरु पनि मंसिर मसान्तसम्म सकाउनुपर्ने उल्लेख छ । पाठ्यक्रममा उल्लेख भएअनुसार विद्यार्थीहरुले आठौं सेमेष्टरमा इन्जिनियरिङतर्फ प्रोजेक्ट वर्क र तीन महिने इन्टर्नसीपसमेत गर्नुपर्ने हुन्छ ।

मपविविको परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख डा.आनन्दप्रसाद सुवेदीले विद्यार्थीहरुको लागि हलमा परीक्षा दिँदा चार घण्टाको समय र थप चार घण्टा इमेल गर्ने समय थपेको बताए । कर्णाली प्रदेशको भौगोलिक विकटता, इन्टरनेट र विद्युतको अवस्थालाई ध्यानमा राखी ८ घण्टाको समय तोकिएको बताए उनको भनाई छ । 

नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष प्रा. डा. त्रिरत्न बज्राचार्यले विश्वविद्यालयले एक महिनामै आठौं सेमेष्टर सक्ने निर्णय गरेको भए त्यो गलत भएको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।