logo

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन खानेपानी मन्त्रालयलाई बाटो खुला

    1344   पटक पढिएको

१३ पुस /अर्थ र व्यापार  - बहुप्रतिक्षित राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन खानेपानी मन्त्रालयलाई बाटो खुला भएको छ । उच्च अदालत पाटनले बिहीबार सो आयोजनाको निर्माणकर्ता इटालीको कम्पनी सिएमसीले ‘आफ्नो बैंक ग्यारेन्टी रकम जफत गर्ने खानेपानी मन्त्रालयको निर्णय रोक लगाई पाउँ भनी’ दायर रिटमा अन्तरिम आदेश जारी नहुने आदेश दिएपछि मन्त्रालयलाई बाटो खुला भएको हो ।

सो कम्पनीले यही पुस ५ गते उच्च अदालत पाटनमा मन्त्रालयको सो निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरी पाउँ भनी रिट दायर गरेको थियो । उच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र न्यायाधीश कृष्णबहादुर थापाको इजलाशले सो अन्तरिम आदेश जारी नहुने आदेश दिएको खानेपानी मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खानेपानी मन्त्रालयलाई सिएमसी कम्पनीले आयोजनाको काम बन्द गरी एकतर्फी सम्झौता रद्द गरेको पत्र पुस २ गते मन्त्रालयलाई दिएको थियो । यसपछि मन्त्रालयले तत्काल मेलम्ची खानेपानी विकास समितिमार्फत सो कम्पनीको रु दुई अर्ब ५६ करोड बैंक ग्यारेन्टी रोक्का राखेको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्गमा र स्ट्यान्डर्ड चार्टड बैंक नयाँ बानेश्वर शाखामा ती रकम रहेका थिए । उक्त बैंक ग्यारेन्टीको अन्तिम म्याद पुस १६ गतेसम्म रहेको बताइन्छ । सरकारले वि.सं. २०६५ मा सो आयोजना निर्माण गर्न ‘सिआरसिसिसी’ नामक चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । कम्पनीले २०६९ असोज ९ गते सम्झौता भङ्ग गरेपछि सरकारले २०७० असार ३१ गते इटालीको सिएमसीसँग निर्माणको सम्झौता गरेको थियो ।

मेलम्ची खानेपानी आयोजनाको ९३ प्रतिशत काम सम्पन्न भएको छ । उनले पुस २ गते एकतर्फीरुपमा सम्झौता रद्द गरेको इटालीको सिएमसीले पुस ६ गते आफ्नो निर्णयमा पुनः विचार गर्न मन्त्रालयलाई पत्र पठाएको खानेपानी मन्त्री विना मगरले जानकारी दिइन । उनले हालसम्म आयोजनाको कूल खर्च रु २६ अर्ब, ३५ करोड भएको जानकारी दिए ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।