logo

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको जिम्मा पाएको ठेकेदार कम्पनी सिएमसी डि रेभेन्ना वित्तीय संकटमा 

    1713   पटक पढिएको

२८ मंसिर/ अर्थ र व्यापार   - नेपालमा तीन वटा ठूला आयोजनाको ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सिएमसी डि रेभेन्ना वित्तीय संकटमा फस्न थालेको छ । कम्पनीको नगद प्रवाहमै संकुचन आएको छ । 

सिएमसीको केन्द्रीय कार्यालयले नोभेम्बर ९ मा सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा कम्पनी ’क्यास फ्लोको टेन्सन’ बाट गुज्रिरहेको उल्लेख छ । वित्तीय संकटमा रहेको कम्पनीले नेपालमा राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना, १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना र निजी क्षेत्रको साहस ऊर्जाले निर्माण गर्न लागेको ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको ठेक्का पाएको छ । 
मेलम्ची खानेपानी आयोजनाका तर्फबाट सिएमसीलाई भुक्तानी गर्नुपर्ने कुनै पनि दायित्व बाँकी नरहे पनि उसैको कारण लक्ष्यअनुसार काम नभएको आयोजनासम्बद्ध स्रोतले जनाएको छ । पछिल्लो पटक खानेपानी तथा सरसफाई मन्त्रालयले माघ १६ गते भित्र मेलम्चीको पानी काठमाडौं ल्याउने जनाएको छ । प्रतिनिधिसभाको विकास समितिको बैठकमा मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने दावी गरेका थिए । 

मेलम्ची खानेपानी आयोजना एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अघि बढिरहेको छ । मेलम्ची र सिएमसीको विवादको बीचमा एडिबी पनि फसेको थियो । एडिबी नै मुख्य ऋणदाता रहेको तनहुँमा पनि सिएमसीले नै ठेक्का पाएको छ । आयोजनाको पहिलो चरणको कामका लागि सिएमसी ठेकेदारको रुपमा छनौट भएको हो । बाँध निर्माण तथा नदी फर्काउने संरचना तयार गर्न उसले ठेक्का पाएको हो । आयोजना र सिएमसीबीच ठेक्का सम्झौता भइसके पनि ‘मोबिलाइजेसन पेस्की’ लगेको छैन । ठेक्का सम्झौतामा १८० दिन भित्रमा तयारी सकेर आयोजनाको काम सक्नुपर्ने उल्लेख छ । 

सिएमसीले सोलुखोला (दूधकोशी)को काम पनि सन्तोषजनक हिसाबले अघि बढाउन सकेको छैन । ८६ मेगावाटको आयोजनाको २०७४ जेठमा ठेक्का सम्झौता भए पनि लक्ष्यअनुसार काम नभएको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।