logo

मौद्रिक नीति आज दिउँसो २ बजे आउदै, ८ प्रतिशतको आर्थिक बृद्धि दर हाँसिल गर्न सहयोग पुग्ला ?

    1597   पटक पढिएको

२७ आषाढ/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले आज दिउँसो २ बजे मौद्रिक नीति सार्बजनिक गर्ने भएको छ । सञ्चालक समितिले मौद्रिक नीति पारित गरिसकेकाले आज रयाडिसन होटलबाट सार्वजनिक गर्न लागिएको हो । 

मौद्रिक नीतिले ८ प्रतिशतको आर्थिक बृद्धि दर हाँसिल गर्ने गरी सरकारी कार्यक्रमहरुलाई सघाउने योजनाहरु ल्याउने डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए ।

राष्ट्र बैंकले शेयर धितो कर्जाका बारेमा पनि केही व्यवस्था गर्ने छ । शेयर लगानीकर्ताहरुको ’मार्जिन कल’ को समस्या संवोधन गर्ने पक्षमा राष्ट्र बैंक छ ।

सरकारी स्किममा रहेको ब्याज अनुदानमा कर्जा योजनाहरु मौद्रिक नीतिमा परेका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बजारको ब्याज दरलाई सुविधाजनक अवस्थामा पुर्याउन पनि केही नीतिहरु लिने भएको छ। 

खासगरी आधार ब्याज दरमा जोडिने प्रिमियम ब्याजका बारेमा राष्ट्र बैंकले बोल्ने छ । अनिवार्य तरलता अनुपात घटाइएको छ ।
बैंकहरुले विदेशी बैंकबाट ल्याउने डलर ऋणको हेजिङ गर्ने कार्यक्रम मौद्रिक नीतिमा पर्ने छ भने पाँच प्रतिशत रहेको स्प्रेड दरलाई ४.८ प्रतिशतमा घटाइने छ । 

यस्तै, राष्ट्र बैंकले घरजग्गा धितोमा दिइने ऋण, गाडी, रियलस्टेटलगायत क्षेत्रमा दिइने ऋणमा कडाइ गर्दैछ भन्ने चर्चा चलिरहेको सन्दर्भमा राष्ट्र बैंकका उच्च अधिकारीहरुका अनुसार, चालु मौद्रिक नीतिमा भएका ब्यवस्थाभन्दा थप कडिकडाउ गर्ने पक्षमा राष्ट्र बैंक नभएको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।