logo

सरकारी मर्यादाक्रम हेरफेर गरिने, संशोधनपछि मुख्यमन्त्रीहरुको मर्यादाक्रम संघीय सरकारका मन्त्री सरह हुने

    1922   पटक पढिएको

२२ पुस/ अर्थ र व्यापार  - सरकारले जनप्रतिनिधिहरुलाई माथि राखेर सरकारी मर्यादाक्रम हेरफेर गर्न लागेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकमा नयाँ मर्यादाक्रम प्रस्ताव गरिएको थियो, जसमा थप गृहकार्य गर्ने जिम्मा सञ्चारमन्त्री गोकुल बास्कोटा र मुख्य सचिव लोकदर्शन रेग्मीलाई दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनपछि सरकारले राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम हेरफेर गरेको थियो । त्यसमा गाउँपालिका अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिलाई नेपाली सेनाका क्याप्टेनभन्दा पनि तल राखिएपछि विवाद भएको थियो ।

त्यस्तै नगरपालिकाका मेयरलाईसहसचिवभन्दा तल राखिएको थियो । मर्यादाक्रममा असहमति जनाउँदै नगरपालिका संघ र गाउँपालिका महासंघले प्रधानमन्त्रीलाई ध्यानाकर्षण समेत बुझाएका थिए । उनीहरुले मर्यादाक्रम निर्धारण गर्दा कर्मचारीतन्त्र हाबी भएको आरोप लगाएका छन् ।

नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जुले इलेक्टेड र सेलेक्टेडहरुको अलगअलग मर्यादाक्रम निर्धारण हुनुपर्ने बताए । राजनीतिज्ञलाई सचिव र उपसचिवभन्दा तल पारेर बनाइएको मर्यादाक्रम स्वीकार्य नहुने भनेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको जानकारी दिए । हालै सम्पन्न अन्तर प्रदेश समन्वय परिषद बैठकमा पनि मुख्यमन्त्रीहरुले मर्यादाक्रम हेरफेरको माग गरेका थिए । मुख्यमन्त्री, प्रदेशका मन्त्री र प्रदेशसभा सदस्यहरुको मर्यादाक्रमको कुरा उठ्दा प्रदेशसभा सदस्यहरुलाई सहसचिव सरह राखिएको भन्दै आपत्ति प्रकट भएको थियो ।

सञ्चारमन्त्री बास्कोटा र मुख्यसचिव रेग्मीले केही विषय मिलाएपछि अबको मन्त्रिपरिषदबाट नयाँ मर्यादाक्रम पारित हुने बताइएको छ । संशोधनपछि मुख्यमन्त्रीहरुको मर्यादाक्रम संघीय सरकारका मन्त्री सरह हुनेछ । अहिले पनि सोही व्यवस्था रहेकोमा अब सम्बन्धित प्रदेशमा मुख्यमन्त्री र अन्य ठाउँमा संघीय सरकारमा मन्त्री माथि रहनेछन् । त्यस्तै प्रदेश सरकारका मन्त्रीको मर्यादाक्रम प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य सरह प्रस्ताव गरिएको छ । यसअघि नेपाल सरकारका मुख्य सचिवभन्दा तल राखिएका प्रदेश मन्त्रीसँगै प्रदेशसभा सदस्यहरुको मर्यादाक्रम पनि मुख्य सचिव र सचिवहरुभन्दा माथि राखिएको छ ।

त्यस्तै काठमाडौं महानगरपालिकाका मेयरको मर्यादाक्रम पनि मुख्य सचिवभन्दा माथि हुने भएको छ । संघीय राजधानी भएका महानगरका मेयरको मर्यादाक्रम मन्त्री सरह हुने गरेको भन्दै केही मन्त्रीले महानगरका मेयरलाई राज्यमन्त्री सरहको मर्यादाक्रममा राख्नुपर्ने प्रस्ताव गरेका थिए । तर, सहमति नजुटेपछि काठमाडौंका मेयरको मर्यादाक्रम सांसदहरुको सरह हुने भएको छ । काठमाडौं बाहेक अन्य महानगरपालिकाका मेयरको मर्यादाक्रम भने मुख्य सचिवभन्दा तलै हुनेछ । काठमाडौं महानगरको प्रशासकीय अधिकृत नै सरकारको सचिव हुने भएकाले मेयरको मर्यादाक्रम माथि पारिएको हो । नगरपालिका मेयरको मर्यादाक्रम पनि सहसचिव भन्दा माथि हुनेछ ।

गाउँपालिका अध्यक्षको मर्यादाक्रम उपसचिवभन्दा माथि प्रस्ताव गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुखको मर्यादाक्रम महानगरपालिकाका मेयर सरह हुनेछ । जनप्रतिनिधिलाई कर्मचारी भन्दा फरक ढंगले मर्यादाक्रममा मिलाउन खोजिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।