logo

स्थानीय र प्रदेश सरकारमा जान ६० हजार कर्मचारी तयार रहेको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको दाबी

    1888   पटक पढिएको

२९ पुस /अर्थ र व्यापार - सरकारले स्थानीय र प्रदेश सरकारमा जान ६० हजार कर्मचारी तयार भएको बताएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कूल कर्मचारी मध्ये ७० प्रतिशत बढी कर्मचारी समायोजनामा जान तयार भएको दावी गरेका छन् ।उनले अक स्थानीय र प्रदेश तहमा कर्मचारीको अभाव नहुने र नागरिकले सहज रुपमा सेवा पाउने दावी समेत गरेका छन् । तर विभिन्न सेवाका कर्मचारी दिनहुँ जसो आन्दोलनमा रहेका छन् ।

सरकारको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्रै कर्मचारी आन्दोलित छन् । स्थानीय निकायका कर्मचारीले निजमति कर्मचारी सरह सेवा सुविधा पाउनुपर्ने र बढुवाको सुविधा आफूहरुलाई पनि दिनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् ।
उनीहरुको आन्दोलनका कारण स्थानीय सरकारको काम समेत प्रभावित भइरहेको छ । यस्तै कानून निर्माण गर्ने थलोको रुपमा रहेको संघीय संसद सचिवालयका कर्मचारी पनि लामो समयदेखि आन्दोलनमा रहेका छन् । उनीहरुले ८० प्रतिशत बढी भक्ताको व्यवस्था गर्न माग गरिरहेका छन् । विगतमा आफूहरु भक्ता पाएको भएपनि हाल आएर भक्ता नपाएको दलिल पेश गर्दै आन्दोलन गरिहेका छन् ।

कर्मचारीको आन्दोलनका कारण संघीय संसदका दुई सदनको बैठक समेत ५ बजे पछि राख्नै छाडिएको छ । समितिका बैठकहरु समेत १० बजेदेखि मात्रै राखिएको छ । यसका कारण नीति निर्माणको काम समेत प्रभावित भएको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेका चिकित्सक र स्वास्थयकर्मीले पनि कर्मचारी समायोजन विधेयक आफूहरुलाई सम्बोधन नगरेको भन्दै आन्दोलन गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औचित्यहिन आन्दोलन नगर्न कर्मचारीलाई आग्रह गर्दै आएको छ । तर चिकित्सक र स्वास्थ्यकर्मीले भने मन्त्रालयको उक्त आग्रहलाई अस्वीकार गर्दै आएका छन् । यसबाट देशको कर्मचारी प्रशासन अस्तव्यस्त मात्रै बन्न पुगेको छैन , नागरिकको काम समेत प्रभावित भएको छ । मन्त्री पण्डितले माघ २ गतेसम्म समायोजनको सीमा रहेको र त्यसको २१ दिनभित्र तोकिएको क्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गरिने बताउँदै आएका छन् ।

सङ्घ, प्रदेश र स्थानीय निकायमा गरी १ लाख ३८ हजार कर्मचारीको दरबन्दी रहेको र आवश्यक अपुग कर्मचारी सघीय लोक सेवा आयोगले छोटो प्रक्रियाबाट पदपूर्ति गर्ने तयारी गरिएको छ । सरकारले स्तरोन्नति, थप ग्रेड वृद्धि तथा वृत्ति विकास गर्न कर्मचारीका लागि सम्पूर्ण ढोका खोलेको र अवकाश पछिको सम्पूर्ण सेवा सुविधा भुक्तानी गर्न सघीय सरकार जिम्मेवार रहने व्यवस्था गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।