logo

स्वदेशी उत्पादनलाई प्रश्रय दिनेगरी भन्सार दरमा हेरफेर

    1233   पटक पढिएको

२८ कात्तिक  / अर्थ र व्यापार -  स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने नीति लिएको सरकारले आयातीत वस्तुको भन्सार महसुल दरमा हेरफेर गरेको छ । यसलाई व्यवसायीहरूले स्वागत गरेका छन् ।
कुखुरापालक, तयारी रङ्ग उत्पादन तथा वाइन उत्पादन गर्ने उद्योग र कफी उत्पादन गर्ने व्यवसायीलाई नयाँ भन्सार दरले लाभ मिल्नेछ ।

कात्तिक २५ मा प्रकाशित राजपत्रको सूचनाअनुसार, चल्ला कोरल्न ल्याइने निषेचित फुलमा लाग्ने भन्सार महसुल ५० प्रतिशतले घटाइएको छ । यस्तै, तयारी रङ्ग उत्पादन गर्नेले उद्योगकै प्रयोजनका लागि ल्याइने कच्चा पदार्थ एक्रेलिक इमल्सनमा लगाइँदै आएको ३० प्रतिशत भन्सार १० प्रतिशतले कटौती गरेर २० प्रतिशतमा झारिएको छ ।
अर्थ मन्त्रालयका अनुसार, १२ प्रतिशतभन्दा बढी अल्कोहलको मात्रा भएको स्वदेशी फलफूलको रसबाट निर्मित वाइनको अन्तःशुल्कको दरमा ३० प्रतिशत छुट दिने घोषणा गरिएको छ । भारत र चीनसहित विभिन्न १४ मुलुकबाट भित्रिने कफी र कफी मिसिएको वस्तुमा १० प्रतिशत अन्तःशुल्क लगाइने छ । 
नेपाल चेम्बर अफ कमर्सले स्वदेशी उद्योग प्रवद्र्धन हुनेगरी नयाँ भन्सार दर निर्धारण स्वागतयोग्य कुरा भएको जनाएको छ । कुखुरापालन व्यवसाय र रङ्ग उत्पादन गर्ने उद्योगको लागि घटाइएको भन्सार महसुलले स्वदेशी उद्योगको क्षमता र उत्पादन बढ्ने चेम्बरको विश्वास छ ।

कफी उत्पादनकर्ता तथा स्वदेशी फलफूलबाट वाइन बनाउने उद्योगका लागि सरकारले लिएको नीति सकारात्मक रहेको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन् ।
‘देशमै उत्पादन हुने वस्तुको आयातमा अंकुश लगाउनु उद्योगीको हितमा हुन्छ, यो राम्रो कदम हो,’ अध्यक्ष श्रेष्ठले भने ।

यस्तै नेपाल चिया तथा कफी उत्पादक संघका निवर्तमान अध्यक्ष उदय चापागाईं विदेशी स्वाद चाख्नेहरूका लागि मूल्यमा केही वृद्धि भए पनि आयातीत कफीजन्य वस्तुको भन्सार दर थपिनुलाई सकारात्मक मान्छन् । नेपालको माग नेपाली कफीले नै धान्ने अवस्था सृजना भएको अवस्थामा अब नेपाली कफीले बजार पाउने चापागाईंका भनाइ छ ।

स्वदेशी उद्योगको क्षमता बढाउने र देशलाई आत्मनिर्भरतातर्फ लैजानका लागि भन्सार दर बढाइएको उद्योग मन्त्रालयले जनाएको छ । स्वदेशमै उत्पादन गर्ने वस्तु विदेशीभन्दा सस्तोमा पाइयोस् भन्ने वातावरण बनाउन सरकार लागि परेको मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसी बताउँछिन् । सरकारले स्वदेशी उद्योगी व्यवसायीसँगको छलफलबाटै यस्तो निर्णय लिएको उनले बताइन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।