logo

इरानको निजी वायुसेवा कम्पनी महान एयरलाइन्सले नेपालमा चार्टर्ड उडानका लागि चासो

    1462   पटक पढिएको

९ माघ/ अर्थ र व्यापार - इरानको निजी वायुसेवा कम्पनी महान एयरलाइन्सले नेपालमा चार्टर्ड उडानका लागि चासो देखाएको छ । कम्पनीले केहि महिना अघिदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रात्री उडानका लागि प्रस्ताव गरेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

महानले विमानस्थल सँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनौपचारिक छलफल गरेको उनले बताए । मन्त्रालय प्रस्ताव गरेपनि प्रकृया भने अघि बढेको छैन । नेपाल र इरानबीच हवाई सेवा सम्झौता नभएको कारण कम्पनीले नियमीत उडान गर्न नपाउने तर चार्टर्ड उडान भने गर्न पाउने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार चार्टर्डका लागि जेनरल सेल्स एजेन्ट ’जिएसए’ तोक्नुपर्दैन् ।

यो एयरलाइन्स इरानको पहीलो निजी वायुसेवा कम्पनी हो । सन् १९९२देखि  व्यवसायिक उडान सुरु गरेको यो वायुसेवा कम्पनीले आन्तरिक उडानसँगै अन्तराष्ट्रियतर्फ मध्य पुर्व, मध्य एसिया र युरोपका विभिन्न गन्तब्यमा उडान गर्दै आएको छ । कम्पनीका अनुसार इरानको तेह्रान इमाम खोमेइनी अन्तराष्ट्रिय विमानस्थल र मेह्राबाद अन्तराष्ट्रिय विमानस्थल बेस राखि एयरबस ३१०, ३३०, ३४०, बोइङ ७४७ लगायतका विमानले विभिन्न मुलुकमा  व्यवसायीक र चार्टर उडान गर्दै आएको छ ।

दुई दिन अघिमात्र यो कम्पनीलाई अमेरिका उडानमा रोक लगाइएको छ । यो कम्पनी सिरियासँग आवद्ध भएको जनाउँदै अमेरिकाले उडानमा रोक लगाएको थियो । तीन दिन अघि मात्रै जर्मनीले समेत यो जहाजलाई आफ्नो भूमीमा उडान गर्न रोक लगाएको छ । यो कम्पनीले तेह्रान विमानस्थल देखि जर्मनीको डुजेलडोर्फ र म्यूनिक विमानस्थलमा उडान गर्दै आएको थियो ।अलजजिराका अनुसार विगतमा इरानको पक्षपोषण गर्दै आतंककारी गतिविधिलाई सहयोग गरेको उल्लेख छ । यो वाहेक हातहतियार लडाकु ओसारपसारमा समेत यही जहाज प्रयोग भएको जिकिर अमेरिकाको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।