logo

स्थानिय तहमा कित्ताकाट गर्ने जिम्मा सुम्पीएसंगै कृषियोग्य जग्गा खण्डिकरण हुनेमा आशंका

    1741   पटक पढिएको

६ माघ/ अर्थ र व्यापार - सरकारले गत महिना पुस २७ गते जग्गाको खण्डीकरण व्यवस्थित गर्ने नयाँ मापदण्ड लागु गर्यो । डेढ वर्षअघि तत्कालिन भूमिसुधारमन्त्री गोपाल दहितले गरेको निर्णय खारेज भएको घोषणा गर्दै कृषि र गैर कृषि जग्गा छुट्ट्याउने र कित्ताकाट गर्ने जिम्मा स्थानीय तहलाई दियो । 

हेर्दा स्थानीय तहबाट सहजै कित्ताकाट गर्न सकिने लागेपनि डेढ वर्षपछि गरेको निर्णयमा जग्गाको कित्ताकाटमा झनै कडाइ गरिएको छ । कृषि योग्य जमिनलाई कुनैपनि हालतमा घरघडेरी प्रयोजनमा खण्डीकरण गर्न नदिने र गैर कृषि क्षेत्रको जमिन पनि स्थानीय तहका प्रतिनिधिको सिफारिसमा मात्रै कित्ताकाट हुने व्यवस्था मन्त्रालयले गरेको छ ।

पहिलेपनि स्थानीय प्रतिनिधि, मालपोत तथा नापी कार्यालयका कर्मचारी र भूमाफियाको मिलिभगतमा कृषियोग्य जग्गाको खण्डीकरण हुँदै आएको थियो । अहिले सरकारलेनै स्थानीय तहलाई वर्गीकरण र कित्ताकाट सिफारिशको अधिकार दिएपछि पहिलेको भन्दा झन धेरै कृषियोग्य जग्गा खण्डिकरण हुनेमा आशंका उब्जिएको छ ।

नयाँ व्यवस्थाले मालपोतका कर्मचारीको भन्दा बढी भूमिका स्थानीय प्रतिनिधिलाई दिएको छ । उनीहरुले गैरकृषि भनेर सिफारिस गरिदिए भने मात्रै मालपोत र नापी कार्यालयले कित्ताकाट गरिदिनेछन् । तर मालपोत कार्यालयले हरेक वर्ष फिल्डमा गएर जग्गाको मूल्याङ्कन गर्ने हुँदा कृषियोग्य र आवासीय जग्गाको तथ्याङ्क अनौपचारिक रुपमै भएपनि राखेका हुन्छन् । यस्तोमा उनीहरुको स्वार्थ बाँझिएमा कित्ताकाट हुने छैन । स्वार्थ मिलेमा कृषियोग्य जग्गाको खण्डिकरण रोकिने आधार पनि छैनन् ।

मन्त्रालयले सर्वसाधारणलाई सहज हुनेगरि कित्ताकाट व्यवस्थित गरेको दावी गरेपनि सर्वसाधारणको पहुँचमा कित्ताकाट अझै पुगेको छैन । स्थानीय प्रतिनिधिहरुले आफ्नो अनुकुल भएमा सिफारिस गर्ने र नभएमा नगर्ने सम्भावना उत्तिकै छ । सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र संसदिय समितिलाई देखाउन मात्र अहिले मन्त्रालयले साउन २६ को निर्णय खारेज गरेर पुस २७ को निर्णय सार्वजनिक गरेको व्यवसायीको दावी छ ।

गत वर्ष गरिएका निर्णयमा केहि शब्द परिवर्तन गरेर र केहि शब्द थपघट गरेर दुई वटा बुँदा हुबहु राखिएको छ । जस्तो पहिले जग्गा प्लटिङको लागि स्विकृती लिएर सरकारका नाममा बाटो छुट्ट्याई ५० प्रतिशत जग्गा बेचबिखन गरिसकेको भएमा मात्र थप कित्ताकाट गर्न सकिने उल्लेख थियो । नयाँ व्यवस्थामा ५० प्रतिशत बेचबिखन नगरेको भएपनि कित्ताकाट गर्न सकिने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।