logo

लगानी बोर्डलाई बलियो बनाउने कानुनी व्यवस्था गर्न लागिएको अर्थमन्त्रीद्वारा जानकारी

    1662   पटक पढिएको

२८ फागुन /अर्थ र व्यापार – अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी बोर्डलाई बलियो बनाउने गरी कानुनी व्यवस्था गर्न लागिएको बताएका छन् । 
अर्थमन्त्री खतिवडाले ठूला राष्ट्रिय आयोजनाका लागि आवश्यक लगानीको व्यवस्था गर्न लगानी बोर्डलाई सहज हुने गरी कानुनी व्यवस्था गर्न सरकारले ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ ल्याउनु परेको पनि स्पष्ट पारे ।

मंगलबार संघीय संसदको अर्थ समितिमा सो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उहाँले लगानी बोर्डको दायरालाई विस्तार गरेर ठूला आयोजनाको लगानीको आवश्यक व्यवस्था हुने प्रस्ताव पनि विधेयकमा गरिएको स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले प्रदेश र स्थानीय तहमा पनि संघीय ढाँचाअनुसार वैदेशिक लगानी भित्र्याउनुपर्ने भएकाले त्यसको व्यवस्था गर्न पनि आवश्यक कानुन बनाउन त्यस विधेयक ल्याइएको पनि स्मरण गराए । विधेयकमा प्रदेश र स्थानीय तहले पनि सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालन गर्न सक्ने प्रस्ताव गरिएको छ ।

बैठकमा समितिका सदस्यहरुले वैदेशिक लगानी भित्रयाउन प्रदेश र स्थानीय तह आफैले पनि संघीय सरकारको स्विकृतिमा आवश्यक कानुन बनाउन पाउने व्यवस्था गर्न माग गरेका थिए । समितिका सदस्य भरतकुमार शाहले प्रदेश र स्थानीय तह आफैंले वैदेशिक लगानी भित्रयाउन आवश्यक कानुन बनाउन सक्ने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । समितिका अर्का सदस्य श्यामकुमार श्रेष्ठले प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने लगानी बोर्डमा २ जना मात्रै मन्त्रीहरु रहने व्यवस्था गर्न सरकारलाई सुझाव दिए । लगानी बोर्डलाई प्रभावकारी ढंगले अघि बढाउन पनि सानो र छरितो बोर्ड बनाउनुपर्ने उनको तर्क थियो ।

समितिमा दफावार छलफल सुरु गरिएको ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको  विधेयक, २०७५’ मा ६ अर्बभन्दा माथिको सबै आयोजनाहरुको बजेटको व्यवस्था गर्ने अधिकार लगानी बोर्डलाई दिने प्रस्ताव गरिएको छ । हाल लगानी बोर्ड ऐनमा १० अर्बभन्दा बढी लगानीका आयोजनामा मात्रै लगानी बोर्डले लगानीको प्रबन्ध गर्ने व्यवस्था गरिएको छ । 

आउँदो चैत १५ र १६ गते आयोजना गर्न लागिएको ‘नेपाल लगानी सम्मेलन’लाई समेत ध्यानमा राखेर सरकारले त्यो विधेयक संघीय संसदमा पेश गरेको हो । २ सय मेगावाट भन्दा माथिको जलविद्युत आयोजनाको लगानीको व्यवस्था पनि लगानी बोर्डले नै गर्ने विधेयकमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।